कर्णालीका थप एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २२ : कर्णाली प्रदेशमा बिहीबार मात्र एक सय सय ६ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौं, जेठ २२ : कर्णाली प्रदेशमा बिहीबार मात्र एक सय सय ६ जनामा कोरोना संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।
दैलेखका संक्रमितमध्ये नारायण नगरपालिकाका ६९, देवलकाँडाका १२ ,सोतका ९, मानटाकुराका ७,साडुका २, भवानीका ५ र बासकोटमा १ जना रहेका छन्।
त्यस्तै मुगुको खत्याडका एक जना रहेका छन्।
सोसहित कर्णाली संक्रमितको संख्या ३७५ पुगेको छ।
साथै, दैलेखमामात्र संक्रमितको संख्या २ सय १० पुगेको छ।
प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











