Kathmandu Press

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ २२ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गण्डकी प्रदेशका बाग

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ २२ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गण्डकी प्रदेशका बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २ जना पुरुष र १ जना महिला, वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र  गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। 

यस्तै स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै पर्वत जिल्लाको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी म्याग्दी जिल्ला मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । 
 

प्रकाशित मिति: ०७:२७ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्