Kathmandu Press

कोरोनाको संक्रमणबाट दोलखाका ७६ वर्षीय वृद्धको निधन

काठमाडौं, जेठ २१ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट दोलखाका ७६ वर्षीय वृद्धको निधन

काठमाडौं, जेठ २१ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका दोलखाका ७६ वर्षीय वृद्धको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

सुरुमा सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोनाको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि गत जेठ १५ गते शिक्षण अस्पताल पठाइएको थियो। 

योसँगै कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्