Kathmandu Press

थप २०१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, जेठ २१  : नेपालमा थप २०१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप २०१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, जेठ २१  : नेपालमा थप २०१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुका ६९, रूपन्देहीका २७, सर्लाहीका १५,  रौतहटका ११, महोत्तरीका ९, नवलपरासीका ८,  कालीकोटका ७, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, दाङका ५, काठमाडौं मेडिकल कलेज र टोखाका ३,  ताप्लेजुङका ३, सल्यानका ३,  कैलालीका ३, झापाका २, मोरङका २, डोटीका २,  पाल्पाका २, प्युठानका २, पाँचथर, धनकुटा, सप्तरी, तेह्रथुम, सुनसरी, धनुषा र  सिन्धुपाल्चोकका १–१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या  २३००  पुगेको छ। संक्रमितमध्ये २७८ जना निको भएर डिस्चार्ज भएका छन् भने नाैं जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्