Kathmandu Press

सिनामंगलको काठमाडौं मेडिकल कलेजका सबै सेवा बन्द

काठमाडौं, जेठ २१ : मुलुककै सबैभन्दा ठूलो अस्पताल मध्येकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक

सिनामंगलको काठमाडौं मेडिकल कलेजका सबै सेवा बन्द

काठमाडौं, जेठ २१ : मुलुककै सबैभन्दा ठूलो अस्पताल मध्येकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ। 

मंगलबार दुई चिकित्सक र दुई बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले सबै सेवा बन्द गरेकाे हाे। अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मकाे लागि अस्पतालका सबै सेवा बन्द भएको जानकारी गराएकाे छ।

‘काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारार्थ आएका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टीले हाललाई यस अस्पतालबाट प्रवाहरत आकास्मिक लगायतका विभागहरुमा निर्मलीकरण  गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका  लागि स्थगित गरिएको जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले जारी गरेको सूचनामा भनिएको छ।

ठूला अस्पताल यसरी धमाधम बन्द हुन थालेपछि बिरामीहरुले उपचार पाउन मुश्किल हुँदै गएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका लागि अस्पताल छुट्टाएर चुस्त व्यवस्थापन गर्न नसक्दा अस्पतालनै बन्द हुन थालेका छन् । अस्पताल बन्द हुँदा दैनिक सयौं बिरामी उपचारबाट विमुख हुने देखिएको छ। 

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि विगत ७० दिनदेखि लकडाउन गर्दै आएपनि कोरोना नियन्त्रणको लागि साच्चिकै तयारी गर्न नसक्दा ठूला अस्पताल बन्द भएर बिरामीहरुले उपचार सेवा नपाउने अवस्थामा पुगेको हो। 

यसअघि पनि त्रिवि शिक्षण अस्पताल महाराजगंजले केही विभाग बन्द गरेकाे छ। त्यस्तै प्रसुती गृह थापथलीमा पनि एक जना बिरामीलाई कोरोना देखिएपनि एउटा विभाग बन्द गरिएकाे छ। 

अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिए लगत्तै अस्पताल बन्द गर्नुपर्ने अवस्थाले भोलिका दिनमा बिरामीले उपचारनै नपाउने अवस्था आउने देखिएको छ। 

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्