Kathmandu Press

अर्थमन्त्रीको झेल : विशाल ग्रुपलाई पोस्न विद्युतीय गाडी र चकलेटको करमा हेरफेर

काठमाडौं, जेठ २० : अर्थमन्त्री युवराज खतिवडासँगको सम्वन्धका कारण कर बढ्ने सूचना पाएपछि व्यापारिक घरन

अर्थमन्त्रीको झेल : विशाल ग्रुपलाई पोस्न विद्युतीय गाडी र चकलेटको करमा हेरफेर

काठमाडौं, जेठ २० : अर्थमन्त्री युवराज खतिवडासँगको सम्वन्धका कारण कर बढ्ने सूचना पाएपछि व्यापारिक घरना विशाल ग्रुपले बजेट आउने अघिल्लो दिन १ सय २० वटा इलेक्ट्रिक गाडी भन्सार पास गराएर भित्र्याएकाे छ। 

विशाल ग्रुपका अशोक अग्रवालसँगको अर्थमन्त्रीको अन्तरंग सम्वन्धले करको रेट लिक भएर जेठ १४ गते भित्रै ठूलो संख्यामा एमजी कम्पनीका विद्युतीय गाडी भन्सार पास भएर नेपाल भित्रिएको हो। 

सरकारले  विद्युतीय सवारी साधानमा लगाउँदै आएको १० प्रतिशत भन्सार दर नयाँ बजेटमा बढाएर ८० प्रतिशतसम्म पुर्‍याएको छ। विशाल ग्रुपले  एमजी कम्पनीका १ सय २१ वटा गाडी बजेट आउनुभन्दा दुई हप्ताअघिदेखि नेपाल भित्राएको हो। 

Hardik ivf

नयाँ आर्थिक विधेयकले विद्युतीय सवारीमा गाडीको क्षमताअनुसार भन्सार ८० प्रतिशत मा ५० प्रतिशत छुट र मोटरको क्षमता अनुसार ३० देखि ८० प्रतिशत सम्म अन्तःशुल्क लाग्ने व्यवस्था गरेकाे हो

यसअघि विद्युतीय सावारी साधनले वातवरणीय असर कम हुने भन्दै भन्सार दर १० प्रतिशतमात्रै राखिएको थियो।

अर्थमन्त्रालय स्रोतकाअनुसार विशाल ग्रुपले बजेटमा विद्युतीय सवारीमा भन्सार र अन्तशुल्क बढ्ने सुइँको पाएपछि १ सय २१ वटा एमपीका र अन्य गाडी वीरगञ्ज भन्सारबाट जाँचपास गरी भित्र्याएको हो। ग्रुपले जेठ १६ गते मात्रै उक्त गाडी नेपाल भित्र्याएकाे भए किनेको भन्दा दोब्बोर लागत पर्न जान्थ्यो।

कर रेट तलमाथि हुँदैछ भन्ने सुचना अर्थमन्त्रालयले अति गोप्यमा राख्नु पर्छ। तर अर्थमन्त्रीबाटै विद्युतीय सावारी साधानमा कर बढ्ने सुचना चुहिएपछि विशाल ग्रुपले ठूलो संख्यामा सवारी साधानलगायतका सामान मगाएको हुन सक्ने अर्थमन्त्रालयका ती अधिकारीको दाबी छ। ‘बजेटमा कर बढ्छ भन्ने सूचना पहिले नै पाएर गाडी भित्र्याइएको देखिन्छ,’ ती अधिकारीले भने, ‘यस्तो सूचना कर्मचारी तहबाट चुहाउन सम्भव हुँदैन, कर्मचारी तहमा यो सुचना बजेटको एक/दुई दिनअघिमात्रै थाहा हुन्छ, विशाल ग्रुपले दुई हप्ता अघिनै थाहा पाएको देखिएकाले मन्त्रीस्तरबाटै सुचना चुहिएको हुनसक्छ।’

चकलेटमा भन्सार घटाएर विशाल ग्रुपलाई करोडौं फाइदा

देश महामारीसँग जुधिरहेको बेला अर्थमन्त्री खतिवडाले उत्सवमा प्रयोग हुने चकलेटमा भन्सार घटाएको पनि विशाल ग्रुपकै स्वार्थमा हुन सक्ने अनुमान केही व्यापारीहरुले गरेका छन्। 

कोरोनाका कारण थिलो थिलो भएको अर्थतन्त्र उकास्न अत्यावश्यक वस्तुमा कर घटाउनु पर्ने हो। तर मन्त्री खतिवडाले चकलेटमा भन्सार दर घटाएर एउटा व्यपारिक समूहको स्वार्थमा निर्णय गरेको हुन सक्ने ति व्यापारीको दाबी छ। 

नयाँ आर्थिक ऐनअनुसार चकलेटमा १० प्रतिशत भन्सार छुट दिएको छ। आयतित चकलेटमा अधिकांश हिस्सा विशाल ग्रुपकै छ। 

कोकाआ पाउडर मिसिएको चकलेटको भन्सार १० प्रतिशत घटाइएको हो। कोकाआ पाउडर मिसिएको महँगा चकलेटको मुख्य बिक्रेता विशाल ग्रुप हो।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष कोकोआबाट बनेका चकलेट ५२ लाख किलो र चिनीबाट बनेका चकलेट तथा चुइगम आयात ७६ लाख किलो आयत भएको थियो।

गत वर्ष कोकोआबाट बनेका चकलेट १ अर्ब ९३ करोड रूपैयाँ बराबर भित्रिँदा चिनीबाट बनेका चकलेट १ अर्ब ६४ करोडको आयत भएको विभागले जनाएको छ। सबै खाले चकलेटबाट गत वर्ष राज्यलाई कुल २ अर्ब राजश्व आम्दानी भएको थियो। 

विशाल ग्रुपसँग खतिवडाको कनेक्सन

विशाल ग्रुपका अशोक अग्रवाल र अनुज अग्रवालको अर्थमन्त्री खतिवडाको बेडरुमसम्म पुहँच रहेको स्रोतको दाबी छ। पछिल्लो समय अर्थमन्त्रीसँग अन्य व्यापारिक घरना चिढिएका छन्। अहिले अर्थमन्त्रीले विश्वास गर्ने एकमात्रै व्यापारिक समूह विशाल ग्रुपमात्रै हो। जसका कारण अर्थमन्त्रीले विशाल ग्रुपले भनेअनुसार नै विद्युतीय गाडी र चकलेटका करबारे निर्णय लिएको हुन सक्ने अनुमान गरिएको छ। 

गत वर्षको बजेटमा समेत खतिवडाले विशाल ग्रुपलाई फाइदा पुग्ने गरी विदेशबाट आउँदा विमानस्थलमा एक लिटर भन्दा बढी रक्सी ल्याउन नपाउने व्यवस्था बजेटमार्फत घोषणा गरेका थिए। विशाल ग्रुप जोनीवाकरको आधिकारीक विक्रेता हो। विदेशबाट आउनेहरुले रक्सी ल्याउँदा व्यापार घट्ने देखिएपछि विशाल समूहले अर्थमन्त्री खतिवडालाई प्रभावमा पारी एक बोतलभन्दा बढी रक्सी ल्याउन नपाउने व्यवस्था लागु गर्न लगाएको व्यापारीहरुको आरोप छ। 

अर्थमन्त्रीको आडमा एजेन्सी खाेस्दै विशाल ग्रुप

विशाल ग्रुप धेरै बहुराष्ट्रिय कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता हो। ग्रुपले शक्तिलाई प्रयोग गरेर आफ्नो व्यापारिक प्रभाव बढाउँदै लगेको छ। अरुको व्यापारसमेत शक्तिको आडमा खोस्दै आएको व्यवसायीहरु नै बताउँछन्। नेपालमा ल्याडरोवर र मर्सिडिज गाडी किशोर बादेले बेच्दै आएका छन्। तर, केही समय अघि बादेको व्यापार खोस्ने उद्देश्य अनुरुप विशाल ग्रुपले ल्यान्डरोवरका भाइस प्रेसिडेन्ट डेभिड च्याम्बेरेसलाई अर्थमन्त्री खतिवडासँग भेटाएको स्रोतको दाबी छ।  

अहिले विशाल ग्रुपले रेनल्ट, सुजुकी, वाक्सेवेगन, मज्दा, एमजीलगायतका कम्पनीको आधिकारीक विक्रेता हो।
 

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्