Kathmandu Press

कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, कुन प्रदेशमा कति?

काठमाडौं, जेठ २० : नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। मंगलबारमात्र थप २८८ जनामा संक

कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, कुन प्रदेशमा कति?

काठमाडौं, जेठ २० : नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। मंगलबारमात्र थप २८८ जनामा संक्रमण पुष्टि भएसँगै काेराेना संक्रमितको संख्या दुई हजार ९९ पुगेको हो।

कुन प्रदेशमा कति छन् संक्रमित?

प्रदेश १ को ९ जिल्लामा कुल एक सय ६८ जना संक्रमित रहेका छन्। मंगलबार यस प्रदेशमा नयाँ संक्रमित देखिएनन।

प्रदेश २ का ८ जिल्लामा कुल आठ सय १६ जना संक्रमित रहेका छन्। मंगलबार यस प्रदेशमा एक सय २२ जना नयाँ संक्रमित थपिएका हुन्।

बागमती प्रदेशको १२ जिल्लामा ५४ जना संक्रमित रहेका छन्। मंगलबार मात्र प्रदेशमा आठ नयाँ संक्रमित थपिएका हुन्।

गण्डकी प्रदेशको ७ जिल्लामा कुल ३७ जना कोरोना संक्रमित रहेका छन्। जसमा मंगलबारमात्रै १० नयाँ संक्रमित थपिएका हुन्।

प्रदेश ५ को ११ जिल्लामा कुल ६ सय ९९ जना संक्रमित रहेका छन्। जसमध्ये मंगलबार मात्र ७८ जना नयाँ संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको ५ जिल्लामा दुई सय ५२ जना संक्रमित रहेका छन्। प्रदेशमा मंगलबार मात्र ५४ जना नयाँ संक्रमित थपिएका हुन्।

सुदूरुपश्चिमको  ९ जिल्लामा कल ७३ जनामा कोरोना संक्रमण देखिएको छ। आजमात्र थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो। 

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्