रौतहटमा एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट, जेठ २० : रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
योसँगै रौतहटम

रौतहट, जेठ २० : रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
योसँगै रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या ३१० पुगेको छ।
संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।
आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु रहेका मानिसहरु हुन्।
प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











