Kathmandu Press

थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय नाघ्यो

काठमाडौं, जेठ १९ : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सो

थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय नाघ्यो

काठमाडौं, जेठ १९ : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमितहरु कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय पुरुष, पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक र गुल्मी रेसुंगा नगरपाकिलाका २६ वर्षीय पुरुष रहेका छन्। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १८११ पुगेको छ। तीमध्ये २२१ जना निको भएर घर फर्किएका छन् भने सात जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्