Kathmandu Press

थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं, जेठ १९ : नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार

थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं, जेठ १९ : नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौतहटका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७,  धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५,  नवलपरासीका ३, झापाका २, महोत्तरीका २, मकवानपुर, उदयपुर, अछाम,  बैतडी, डोटी र कञ्चनपुरका १-१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्