Kathmandu Press

प्रदेश २ मा आजमात्र ८२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, जेठ १९ : प्रदेश २ मा आज मात्र ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विपी

प्रदेश २ मा आजमात्र ८२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, जेठ १९ : प्रदेश २ मा आज मात्र ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको परीक्षणमा सप्तरीको राजगढ गाउँपालिकाका १२ जना पुरुष रहेका छन्। 

त्यस्तै, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा बसेका ५ जना पुरुष रहेका छन्।

धनुषाको धनौजी शंकर मा वि क्वारेन्टाइनमा बसेका ४ जना, प्रादेशिक अस्पताल जनकपुरका १ जना र हसंपुर नगरपाकिलाका २ पुरुषमा संक्रमण देखिएको हो। 

त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिकाको क्वारेन्टाइनका २ जना पुरुष संक्रमित भएका छन।  

सर्लाहीको जनता मावि अगर्वा क्वारेन्टाइनका ३२ जना, कविलासी नगरपालिकाका ४ जना र हरिपुर नगरपालिकाका २ जना संक्रमिति भएका हुन। जसमध्ये ३ जना महिला रहेका छन्।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटको पौराहा नगरपालिकाका १४ जना  र यमुनामाई गाँउपालिका क्वारेन्टाइनका ४ जनामा संक्रमण देखिएको हो।

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्