लकडाउनमा लहराउँदै फेवा (फोटो स्टोरी)
पाेखरा, वैशाख १० : पर्यटकले भरिभराउ हुने पोखराको फेवा ताल यतिवेला भने सुनसान छ र शान्त छ।

पाेखरा, वैशाख १० : पर्यटकले भरिभराउ हुने पोखराको फेवा ताल यतिवेला भने सुनसान छ र शान्त छ।
लकडाउनले गर्दा अहिले फेवा तालमा डुंगा चलेका छैनन्। फेवा तालमा चल्ने सात सयभन्दा बढी डुंगा थन्किएका छन्। जसले गर्दा तालको बीचमा रहेको ताल बराही मन्दिरको दर्शनका लागि ओहोरदोहोर गर्ने भक्तजनको भीड पनि छैन।
कुनैवेला फेवा तालको पानी पिउन पनि सकिन्थ्यो। तर, पछिल्लो समय भने बढ्दो शहरीकरण तथा प्रदुषणले दुषित बनेको थियो। अहिले भने फेवातालको पानी सङ्गलिएको छ।
फेवा तालको मुख्य स्रोत भनेको पञ्चासेको काखबाट उत्पति भएको हर्पन खोला हो। अँध्येरी, हाँडी, मार्से, चिसा, विरीम, वेत्यानी, सौरेनीसहित साना ठूला गरि ३० वटा खोला बग्दै आउँछन्। हर्पनबाहेका अधिकांश खोला सुकेका छन्।
२०३१ मा ६ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फेवा ताल अहिले ४.४३ वर्ग किलोमिटर क्षेत्रफलमा खुम्चिएको छ। करिब दुई हजार एक सय एक रोपनी फेवा तालको जमिन अतिक्रमण भएको छ।
एकातिर अतिक्रमणको चपेटामा छ भर्ने अर्कातिर प्रत्येक वर्ष ताल पुरिँदै गएको छ। अहिलेसम्म ३३ मिटर गहिरो ताल १९ मिटरमा घटेको छ।
दुई वर्ष पहिले सर्वोच्च अदालतले ताल संरक्षणका लागि तीनै तहका सरकारको नाममा आदेश पनि दिएको थियो, तर त्यो अझै कार्यान्वयन भएको छैन।
ताल सुनसान रहँदा पोखरा पनि सुनासान छ। लकडाउनका कारण पोखरामा अड्किएका पर्यटक फाट्टफुट्ट देखिन्छन्। तथापि अधिकांश होटल बन्द छन्। ब्यापार व्यवसाय बन्द छ।
फेवा ताल किनारको लेकसाइड पनि सुनसान छ। फेवा ताल भने सुनसानबीचमै झन सुन्दर देखिएको छ।



-1765194974.jpg)





-1765194974.jpg)


