Kathmandu Press

कोरोनाका कारण कम्पनीले कामबाट निकालेपछि माल्दिभ्समा ७ नेपाली अलपत्र

काठमाडौं, वैशाख ९ : कम्पनीले कामबाट निकालेपछि माल्दिभ्समा ७ जना नेपाली कामदार अलपपत्र परेका छन् । मा

कोरोनाका कारण कम्पनीले कामबाट निकालेपछि माल्दिभ्समा ७ नेपाली अलपत्र

काठमाडौं, वैशाख ९ : कम्पनीले कामबाट निकालेपछि माल्दिभ्समा ७ जना नेपाली कामदार अलपपत्र परेका छन् । माल्दिभ्सको राजधानी मालेमा कार्यरत उनीहरुलाई कम्पनीले कामबाट निकालेपछि उनीहरू १० दिनदेखि मालेमा अलपत्र परेका हुन् ।

अलपत्र पर्नेहरूमा कञ्चनपुरका विश्वास तामाङ, रेशमबहादुर तामाङ, चन्दु थापा, दैलेखका दीपक मल्ल, दिनेश मल्ल, लमजुङका आनन्द सेढाई र सुनसरीका विष्णु रानामगर छन् । उनीहरु करिब २ वर्षअघि व्यक्तिगत श्रम स्वीकृतिमा माल्दिभ्स पुगेका थिए ।

आफूहरुलाई गैरकानूनी रुपमा राजीनामा पत्र थमाएर कम्पनीले निकालिदिएको विश्वास तामाङले काठमाडौं प्रेसलाई बताए । तीन महिनाको तबल नदिई कम्पनीले निकालेपछि आफूहरु अलपत्र परेको विश्वासले बताए । उनी भन्छन्, ‘तीन महिनाको तलब नै नदिई कम्पनीले निकालिदियो । अहिले कष्टकर जीवन बिताइरहेका छौं । साथीसँग पैसा मागेर एउटा होटलमा बसिरहेका छौं। ३-४ दिनपछि बल्ल हिजो (सोमबार) खाना खान पायौं ।’

Hardik ivf

आफूहरू मालेमा अलपत्र परेको भन्दै फेसबुकमा भिडियो पोस्ट गरेपछि मालेका केही नेपालीहरूले सोमबार होटलमा केही खानेकुरा ल्याइदिएको विश्वासले बताए । उनले होटल भाडा एकदमै महँगो भएकाले झन् समस्या परेको बताए। ‘हामीसँग एकपैसा पनि छैन्, साथीसँग मागेर होटलको भाडा तिरिरहेका छौं, दैनिक ५० डलर तिर्नुपर्छ,’ उनले भने ।  

आफूहरु चाँडै नेपाल फर्कन चाहेको उनीहरु बताउँछन् । माल्दिभ्स हेर्ने श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावसमा मेलमार्फत सम्पर्क गरेको तर कुनै पहल नभएको उनीहरुले बताए । 

दुई वर्षअघि नमस्ते नेपाल म्यानपावर कम्पनीमार्फत् उनीहरु व्यक्तिगत श्रम स्वीकृतिमा माल्दिभ्स पुगेका थिए । मालेमा रहेको सेक्युरिटी कम्पनी एक्सकप्स प्रा.लि.मा सुरक्षागार्डको कामका लागि उनीहरु माल्दिभ्स गएका थिए । 

‘हाम्रो कम्पनीले हामीलाई सेन्टारा रास फुसी रिसोर्ट र सेन्टारा ग्रान्ड आइल्यान्ड रिसोर्टमा सेक्युरिटीको कामका लागि पठाएको थियो । कोरोनाका कारण रिसोर्ट बन्द भएपछि रिसोर्टले हामीलाई निकाल्यो,’ उनीहरु भन्छन्, ‘रिसार्ट बन्द भएपछि कम्पनीले हामीलाई जबर्जस्ती राजिनामा थमायो र हामीलाई निकाल्यो । हाम्रो पासपोर्ट, वर्क परमिट लेटर, परिचय पत्र पनि उसलै राख्यो ।’

उनीहरुले फेसबुकमा भिडियो अपलोड गर्दै आफूहरुलाई उद्दार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । उनीहरुले अपिल गरेका छन्, ‘जसरी हुन्छ हामीलाई यहाँबाट उद्दार गरिदिनुस् या राहतको व्यवस्था गरिदिनुस्, नत्र हामी रोगले होइन भोगले मर्छौं ।’

सरकार भन्छ, ‘संस्थागत रुपमा पहल गर्न समस्या छ’

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले माल्दिभ्समा अलपत्र नेपलीका बारेमा बोर्डमा जानकारी आएको बताए । उनीहरूको उद्दारका लागि संस्थागत रुपलमा पहल गर्न समस्या भएको उनले बताए । 

‘माल्दिभ्समा नेपालीहरु अलपत्र परेको खबर आएपछि हामीले उहाँहरुको बारेमा बुझ्यौं । उहाँहरू म्यानपावरबाट नभई व्यक्तिगत रुपमा जानु भएको रहेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘उहाँहरु व्यक्तिगत श्रमस्वीकृतिमा जानु भएकाले संस्थागत रुपमा उद्दारको पहल गर्न समस्या छ । तर, पनि सकेसम्म पहल गर्छौं ।’

उनीहरुको अवस्था बुझ्न काउन्सुलरलाई निर्देशन दिइसकेको बताए । ‘उनीहरुको अवस्था कस्तो छ, काउन्सुलरलाई बुझ्न भनिसेका छौं । कम्पनीसँग कोअर्डिनेट गरेर अहिलेलाई त्यहीँ खान र बस्ने व्यवस्था गर्न भनेका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘कोरोनाका कारण अहिले नै उद्दार गर्न सक्ने अवस्था छैन, त्यसैले स्थिति सामान्य भएपछि उद्दार गर्छौं ।’

भिडियो

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्