Kathmandu Press

अमेरिकामा रहेका बुवाका लागि नेपालमा प्रार्थना

काठमाडौं, चैत ३० : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारभरका विद्यालय बन्द छन्। जसले करोडौ

अमेरिकामा रहेका बुवाका लागि नेपालमा प्रार्थना

काठमाडौं, चैत ३० : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारभरका विद्यालय बन्द छन्। जसले करोडौं बालकालिका यतिवेला घरभित्रै बसिरहेका छन्। उनीहरु के सोचिरहेका होलान?

आम मानिसले कोरोनाबारे नै सोचिरहेका छन्। पक्कै पनि बालबालिकाको दिमागमा पनि यतिवेला कोरोनाबारेका जिज्ञासा होलान। उनीहरु कोरोनाबारे मनमा लागेका विषय कसरी अभिव्यक्त गर्छन्? अनुभव कसरी साट्छन्?

स–साना बालबालिकालाई मनमा लागेका तथा आफ्ना अनुभव व्यक्ति गर्ने सजिलो माध्यम चित्रकला हो। यो यस्तो माध्यम हो, जहाँ उनीहरुले मनका भाव र मतिष्कको प्रयोग गरेर स्वरुप दिने प्रयास गर्छन्।

Hardik ivf

यस्तै प्रयास गरेकी छन्, ललितपुरकी १० वर्षीया युना राईले। आफ्नो मनोभावलाई चित्रकलामा प्रस्तुत गरेकी उनी विदेश रहेका बुवालाई सम्झदै भन्छिन्, ‘मेरो पापा अमेरिकामा हुनुहुन्छ। उहाँले हामीलाई यहाँ सेफ बस्नु भन्नु भएको छ। मैले पनि पापालाई सेफ बस्नु भनेर प्राथना गरेको छु। किनकि, त्यहाँ कोराना भाइरस धेरै फैलिको छ।’

युनाले कोरोनाको संक्रमण फैलिएको समयमा आफ्नो बुवासँग छुट्टिनुपरेको पीडालाई चित्रमा देखाउँने प्रयास गरेको बताउँछिन्। जाउलाखेलस्थित सेन्जेभियर स्कुलमा कक्षा ६ मा पढ्ने उनी पुस्तक पढ्न र देखेको कुनै विषयप्रति लेखेर आफ्ना विचार व्यक्त गर्ने गर्छिन्। यस्तै रुचि उनको चित्र बनाउनु पनि हो।

‘कोरोना भनेको नयाँ भाइरस हो। जुन संसारभर छिटोछिटो फैलिरहेको छ। यसबाट बच्न घरभित्रै सुरक्षित भएर बस्नुपर्छ,’ युना भन्छिन्।

कार्य बज्रचार्यले बनाएकाे चित्र।

११ वर्षीया कार्य बज्रचार्यकी आमा डाक्टर हुन्। उनी अस्पतालमा खटिइरहेकी छन्। कोरोना संक्रमण फैलिरहेको वेला अस्पतालमा खटिइरहेकी आमाको चिन्ता गरेकी छन, चित्रकलामार्फत।

लकडाउनको समयमा उनका बुवा भने घरबाटै काम गरिहेका छन्। तैपनि आमा अस्पताल गइराख्ने भएकाले चिन्ता लागेको उनको भनाइ छ। कार्यले लकडाउनमा घर बस्दा देखिने  दृश्य र अनुभवलाई चित्रकलामा उतारेकी छिन्। रविभवनस्थित निसर्ग बाटिका स्कुलमा अध्ययरत कार्यको चित्रमा परिवारको भावनात्मक विषय देख्न सकिन्छ।

स्वयम्बुस्थित आर्टुडियोले अनलाइनमार्फत चित्रकला प्रदर्शनी सुरु गरेको छ। जसमा संसारभर रहेका बालबालिकाले चित्र कोरेर प्रर्दशनीमा पठाउन सक्नेछ। त्यहि प्रदर्शनीमा पठाएका चित्रमा कोरोनाबारे अनुभव व्यक्त गरेका हुन, युना र कार्यले।

फाउन्डेसका संस्थापक कैलाश के श्रेष्ठ विद्यालय बन्द हुँदा घरमा बसिरहेका बालबालिकाको मनोभाव बुझ्न र उनीहरुको पीडा चित्रमार्फत अभिव्यक्त गराउन प्रदर्शनीको सुरु गरेको बताउँछन्। ‘बालबालिका दिनभर जसो विद्यालयमा बसिरहेका हुन्छन्, तर अहिले भने आफ्ना परिवारसँग समय बिताउन पाएका छन्। तैपनि अहिले परिस्थितीलाई उनीहरुको के सोचिरहेका छन्? कस्ता कल्पनाहरु गरेका छन् भन्ने चित्रकलाबाट थाहा पाउन सकिन्छ,’ उनी भन्छन्।

स्वयम्बुस्थित आर्टुडियो ।

बालबालिकालाई आर्ट सिकाउन सकियो भने उनीहरुको मनोभावलाई सहजै बुझ्न सकिने उनको अनुभव छ। ‘आम मानिसको सोचमा बालबालिकाले चित्र कोर्ने भनेको केही बनाउने भन्ने मात्रै बुझाइ छ। तर, वास्तवमा चित्रकलाबाट बालबालिकाको कुनै पनि विषयवस्तुप्रति कस्तो भावना, सोच राखेका छन् भन्ने क्षमतालाई थाहा पाउन सकिन्छ।’

प्रर्दशीमा राखिएका चित्रकलाले कतिपय बालबालिकाले घरभित्र बसेर पनि बाहिरी वातारण अर्थात कोरोना संक्रमणबारे आफ्नो बुझाइ, अनुभव उतारेका छन्। केहीले परिवारमा बसेर रमाउन पाएको समय पनि कलामा प्रस्तुत गरेका छन्।

हेटौडा, झापा, काँकडभिट्टा र काठमाडौं गरी ७० वटा चित्रकला अनलाइन पर्दशनीमा आएका छन्। स्नोलाभिया, अमेरिका, जापानबाट पनि बालबालिका चित्रकला पर्दशनीमा सहभागिता जनाएका छन्।

तीनदेखि १६ वर्ष उमेरका बालबालिकाले चित्र कोरेर अनलाइनमामार्फत प्रर्दशीमा पठाउन सक्छन्। आर्टडियोको वेबसाइट। फेसबुक र इन्स्टाग्रामबाट पनि चित्र अवलोकन गर्न सकिन्छ।

यस प्रदर्शनीमा राखिएका सबै चित्रकलालाई  संकलन गरेर डिजिटल पुस्तकमा प्रकाशन गरिनेछ। यसलाई बाल कला संग्रहालयमा राखिने जनाएकाे छ।

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्