Kathmandu Press

सुविधा लिन अग्रपंक्तिमा हुने धनाढ्यहरु संकटका बेला कहाँ हराए?

काठमाडौं, चैत ९ : कोरोनाभाइरसको कहरले विश्व आक्रान्त बनेको छ। कोरोनासँग जुध्न विश्वभरका सरकारदे

सुविधा लिन अग्रपंक्तिमा हुने धनाढ्यहरु संकटका बेला कहाँ हराए?

काठमाडौं, चैत ९ : कोरोनाभाइरसको कहरले विश्व आक्रान्त बनेको छ। कोरोनासँग जुध्न विश्वभरका सरकारदेखि निजी क्षेत्रसम्म जुटेका छन्। विश्वका धनाढ्यहरु कोरोनासँग जुध्न आफुले कमाएको रकम खर्च गर्न तयार छन्। 

तर, नेपालका धनाढ्यहरुको ध्यान भने आपत परेको बेला सहयोग गर्नेतर्फ छैन। उनीहरुले यस्तो बेला आफुले कमाएको केही प्रतिशत रकम खर्च गरेर परोपकारीता देखाउनु पर्ने हो। तर, उनीहरु यो संकटमा अब राज्यबाट राहत कसरी आफैले बढी लिउँ भन्ने ध्याउन्नमा छन्।

जनतालाई सहयोग गर्ने त परको कुरा सरकारसँग ब्याज छुटलगायतका माग राखेर बार्गेनिङ गरिरहेका छन्। जुन कुरा यो समय उनीहरुको लागि सुहाउने विषय होइन्। 
ठूला धनाढ्य चुप रहँदा साना व्यवसायी भने सरकारलाई सघाउन तयार देखिएका छन्। साना तथा मझौला होटल व्यवसायीले होटललाई क्वारेन्टाइन स्थल बनाउन दिने घोषणा गरेका छन्। उनीहरुले उपत्यकामा रहेका होटलका ३० हजार कोठालाई क्वारेन्टाइन बनाउन दिने र उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षसँग समन्वय गरी क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेका छन्। विश्व आपतमा परेका बेला गर्ने यस्तै सहयोग हो– आफ्नो बुताले भ्याएको सहयोग गर्ने।

Hardik ivf

‘हाम्रो देशमा सहयोग गर्ने संस्कार नै छैन। धनाढ्य मात्रै होइन, ठूला संस्था खोलेर अर्बपति भएकाहरुले पनि समाजिक उत्तरदायित्व बोध गरेको देखिदैन् । सामाजिक कामको साटो उनीहरुले फजुल खर्च गर्न ध्यान दिएको देखिन्छ’ - डा. विश्व पौडेल, अर्थशास्त्री


तर फोब्र्सको अर्बपति सूचीमा रहेका एक्ला ब्यापारी विनोद चौधरीदेखि सबैजसो व्यापारीक घरना अहिले मौन छन्। पछिल्लो समय व्यापारमा उदायका चन्द्र ढकाल, अजयराज सुमार्गीदेखि खेतान समुह, गोल्छा अर्गनाइजेशन, आईएमई समूह, शंकर समूह, विशाल ग्रुप, त्रिवेणी ग्रुप, एमएस ग्रुप, शारडा ग्रुप, केडिया ग्रुप, दुगड ग्रुप, सिप्रदी टे«डिङ, बैद्य समूह, ज्योती ग्रेुप, यति समूह, पञ्चकन्या समूह लगायतका घरानाहरुले यो संकटमा पनि कल्याणकारी भाव देखाउन सकेका छैनन्। 

पूर्वमहानयायाधिवक्ता डा. युवराज संग्रौला राज्य संयन्त्र कमजोर भएको फाइदा विगतमा पनि व्यापारीले उठाइरहेको र अहिले संकटमा पनि नियमित रहेको तर्क गर्छन्। ‘पुँजीवादी उपभोक्तावादी समाजमा उद्योगी व्यावसायीको चरित्र संकटका बेला पनि सहयोग नगर्नु नै हुन्छ,’ पूर्वमहान्यायाधीवक्ता संग्रौला भन्छन्,‘राज्यको संयन्त्र बलियो भएको खण्डमा यिनीहरु बाध्य भएर सहयोग गर्छन् । राज्यको संयन्त्र फितलो भएको बेला लाभको पद चाहिँ लिने तर संकटका बेला पन्छिने चरित्र देखाउँछन्।’

अर्थशास्त्री डा. विश्व पौडेल भने नेपाली धनाढ्यसँग सहयोगको भावना नै नभएको बताउँछन्। ‘हाम्रो देशमा सहयोग गर्ने संस्कार नै छैन। धनाढ्य मात्रै होइन, ठूला संस्था खोलेर बसेकाहरुले समाजिक उत्तरदायित्व सम्झेको देखिदैन्,’ उनी भन्छन्, ‘सामाजिक कामको साटो उनीहरुले फजुल खर्च गर्न ध्यान दिएका छन्। तर, खोज तथा अनसुन्धानसँगै सामाजिक काममा उनीहरुको ध्यान छैन।’

काठमाडौं र मोफसलका धनाढ्यबीच यो विषयमा पहिलेदेखि नै फरक देखिँदै आएको उनको भनाइ छ। ‘काठमाडौं बाहिरका धनाढ्यले २००७ साल अघि विद्यालयहरु खोलेको र अनुसन्धानका क्षेत्रमा सहयोग गरेको देखिन्छ,’ उनी भन्छन्, ‘तर, काठमाडौंका धनाढ्यहरुले अनुत्पादक क्षेत्रहरु मठ मन्दिर बनाउनतर्फ मात्रै ध्यान केन्द्रीत गरेका छन्। यो बेलामा उनीहरु मौन बस्नु सुखद विषय होइन।’

शनिबार मात्रै चिनियाँ धनाढ्य अलिबाबाका संस्थापक ज्याक माले नेपालसहित एशियाका १० देशलाई भेन्टिलेटर, टेस्टिङ किट, मास्कलगायतका सामाग्री सहयोग गर्ने घोषणा गरेका छन्।

‘राज्यको संयन्त्र बलियो भएको खण्डमा व्यापारीहरुले पनि बाध्य भएर सहयोग गर्छन्। राज्यको संयन्त्र फितलो भएका बेला लाभको पद चाहिँ लिने तर संकटका बेला पन्छिने चरित्र देखाउँछन्’- यूवराज संग्रौला, पूर्वमहान्यायाधीवक्ता 


कोरोनाको महामारीबाट उत्रिन माले यसअघि खोप बनाउन एक करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकले पनि साना व्यवसायीलाई सहयोग गर्ने भन्दै १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। माइक्रोसफ्ट कम्पनीका पूर्वसीइओ स्टिम वालमरले अमेरिकाको लस एन्जलस क्षेत्रको सामुदायिक सेवाका लागि १० लाख अमेरिकी डलर दिने घोषणा गरे। त्यस्तै, इटलीका पूर्वप्रधानमन्त्री सिल्भिओ बेर्लोस्कोनीले इटलीको मिलानमा अस्पताल बनाउन एक करोड ९ लाख अमेरिकी डलर सहयोगको घोषणा गरे। 

तर, नेपालका पुँजीपति उद्योगी व्यापारी भने कमाउ धन्दामै लिन भइरहेका मात्रै छैनन् बरु आफ्नो व्यापार व्यावसायमा असर पुगेको भन्दै सरकारसँग सहयोग मागिरहेका छन्। उनीहरूले एक वर्षसम्मको नेपाली बैंकबाट लिइएको ऋणको ब्याज मिनाह गर्न माग गरिरहेका छन्। निजी अस्पतालहरुले यतीबेला रुघाखोकी लागेको बिरामीलाई भर्ना नै गर्न मानिरहेका छैनन् । उनीहरुले सरकारी अस्पताल पठाउने गरेका छन्। 

चौधरी ग्रुपको काठमाडौंको थापाथलीमा नर्भिक अस्पताल छ। अर्को धनाढ्य उपेन्द्र महतोले ललितपुरको भैंसेपाटीमा सुविधा सम्पन्न मेडिसीटी अस्पताल चलाइरहेका छन्। तर उनीहरुले कारोनाबारे कुनै पनि पूर्वतयारी गर्ने कुनै जिम्मेवारी लिएका छैनन्। 

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनको श्रीमती पनि अष्टे«लियको धनाढ्यको सूचीमा छन्। तर उनीहरुले पनि यो संकटको घडीमा परोपकारतर्फ कुनै चासो देखाएका छैनन्।

संग्रौला प्रत्येक सांसद्को जिम्मेवारी आफ्ना क्षेत्रका जनताको जीउ ज्यानको सुरक्षा गर्नु हुनुपर्ने बताउँछन्। उनले भने,‘कोरोनालगायतका विपतीको समयमा कुनै एक नागरिकको मृत्यु भएमा त्यस क्षेत्रको सांसद् जिम्मेवार हुनुपर्छ। महामारीसँग जुध्न सांसदकै अग्रसर हुनुपर्छ।’
 

प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्