Kathmandu Press

सुमन कार्कीका नजरमा कमेडी च्याम्पियनका फाइनालिष्ट 

काठमाडौं : कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चम्किएको एउटा नाम हो, समुन कार्

सुमन कार्कीका नजरमा कमेडी च्याम्पियनका फाइनालिष्ट 

काठमाडौं : कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चम्किएको एउटा नाम हो, समुन कार्की।

मोरङका सुमनको प्रस्तुति हेर्दा सबैले उपाधिको प्रमुख दाबेदार मानेका थिए। तर, प्रस्तुति राम्रो हुँदाहुँदै पनि भोटले उनलाई ठग्यो। उनी शीर्ष पाँचबाटै प्रतियोगिताबाट बाहिरिए। 

सुमनले कमेडी च्याम्पियनमा गरेको नेताको प्रस्तुति अत्यधिक रूचाइयो। यस्तै, सह–चालक, ट्राफिक लगायतका भूमिका पनि मन पराइए। त्यसैले त उनी दुई पटकसम्म ‘पर्फमर अर्फ दी राउण्ड’ बनेका थिए। खासगरी उनलाई धेरै सम्झिने कारण हो, चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर। 

Hardik ivf

फाइनलसम्म पुग्ने आशा बोकेका समुन बाहिरिएपछि पनि निराश भने छैनन्। उनी न जजलाई दोष दिन्छन्, न त दर्शकलाई नै। कमेडी च्याम्पियनबाट बाहिरिएपछि उनी नियमित कर्ममै फर्किएका छन्। उनलाई मेहनत गर्नुछ र मेहनतको फल पाउने अभिलाषा छ।  

प्रतियोगिताबाट बाहिरिएपछि धेरैले उनको कथा लेखे। युट्युबरले घेरे। त्यसैले त फोन अफ गरेर उपत्यका बाहिर केही दिन बसे। तर, किन धर पाउँथे र! चर्चाको शिखरमा पुगेका उनलाई सबैले भेट्नु थियो, कसैलाई लेख्नु थियो त, कसैलाई बेलाउनु थियो। खैर, काठमाडौंप्रेसले भने उनीसँग अलिक फरक विषयमा कुरा गर्ने प्रयास गरेको छ।

सुमनका तीन सहयात्री (सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुन मगर) प्रतियोगिताको फाइनल पुगेका छन्। उनीहरुसँग विताएका पल, उनीहरुका स्वभाव, आनीबानीबारेमा सुमन निकै बेर गफिए।

सुमनका नजरमा कमेडी च्याम्पियनका तीन फाइनालिष्ट  
 
सुमन कोइराला : जोक बनाउन सिपालु

सुमन मेहनत गर्ने केटा हो। ऊ च्याम्पियनमा आउँदा अर्कै थियो, अहिले अर्कै भइसक्यो। उसले एउटा टपिक पाउनुपर्छ, जोक्सहरु मिसाएर स्टोरी बनाइहाल्छ।

ऊ जोक बनाउन एकदमै माहिर छ, परिस्थितिलाई चाँडै बुझ्न सक्छ। दले दाइ त्यही मेहनतकै परिणाम हो। नत्र आउट भइसकेको मान्छे, चिन्ता लिएर बस्थ्यो होला। तर झन् खतरनाक भएर आयो। आउट हुनुअघि र पछिको सुमनमा आकाश जमिनको फरक छ। 

टप १० बाट आउट भएर फर्किएपछि सुमनको पर्फमेन्स एकदमै गहकिला, चोटिला छन्। उसको मेहनत पर्फमेन्समा प्रष्टै देख्न सकिन्छ। पर्फमेन्सको हिसाबले ऊ अब्बल छ। उसको ‘सेन्स अफ ह्युमर’ राम्रो छ। फाइलन पुग्नु पर्ने मान्छे नै फाइनल पुगेको हो। 

पूर्वेली भएर पनि होला हामीबीच दाजु–भाइको सम्बन्ध छ। म आउट भइसकेपछि हामी टचमै छौं। फोनमा र भेटेरै पनि गफगाफ भइरहेको हुन्छ। उसले ‘दाइ यस्तो छ के गर्ने होला?’ भन्ने सल्लाह मागिरहन्छ। म पनि आफूले जानेको भन्छु– यसो गर्दा राम्रो होला कि । 

हिमेश पन्त : पन्च लाइनमा अब्बल

हिमेश बढी विषयवस्तुमै फोकस हुन्छन्, त्यो उनको बलियो पक्ष हो। त्यसैले उनलाई फाइनलसम्म पुर्‍याएको छ। विषयवस्तु लेखनमा हिमेशलाई कसैले छुनै सक्दैन। 

उनको प्रस्तुतिमा पन्च लाइन त कति हुन्छ कति। प्रत्येक वाक्यमा पन्च दिनसक्ने खुबी छ हिमेशसँग। त्यो उनको सवल पक्ष पनि हो। कमेडी च्याम्पियन आउनुभन्दा अघिदेखि नै कमेडी गरिरहेकाले उसको फ्यान फलोइङ पनि राम्रो छ।

उनमा विश्व राजनीति र नेपालकै राजनीतिको पनि राम्रो चेत छ। त्यसैले उनले हरेक प्रस्तुतिमा राजनीतिक कुरीतिलाई जोडदार प्रहार गरिहेका छन्। फाइनलमा सुमन र खबपुलाई तर्साउने मान्छे हो, हिमेश। तीन–चार पटक ‘पर्फमर अफ दी राउन्ड’ हुनुले पनि त्यो पुष्टि हुन्छ।

उनी अलि गम्भीर प्रकृतिका छन्, कमै साथीहरुसँग मात्र घुललिम हुन्छन्। त्यसैले उनका साथीहरु पनि धैरै छन् जस्तो लाग्दैन। उनी एकदमै सरल छन् र आफ्नै तरिकाले रमाउँछन्। साथीहरुसँग उनी खासै रमाइलो गर्दैनन्।

खड्गबहादुर पुन (खबपु) : माटो सुहाउँदो कमेडियन

कमेडी च्याम्पियनका सबैभन्दा खारिएका प्रतिस्पर्धी हुन्, खबपु। अरु प्रस्तुतिका लागि विभिन्न क्यारेक्टर खोज्नुपर्छ, तर उनी आफैँमा एउटा क्यारेक्टर हुन्, त्यो उनको सबैभन्दा बलियो पक्ष हो। 

आफ्नै गाउँघर, परिवेश र आफ्नै जीवनको कथा भनेर उनी हसाउन माहिर छन्। अरु स्टोरी पाइएन भनेर छट्पटाइरहेका हुन्छन्, उनी आफैँलाई कथा बनाउँछन्। खबपु नेपाली माटो सुहाउँदो कमेडियन हुन्। हेर्दै उनी कमेडियन जस्तो देखिन्छन्। 

एक दशकदेखि कलाकारितामै रहेकाले उनमा धेरै ज्ञान छ। सामान्य विषयमै दर्शकलाई मज्जाले हसाउन सक्छन्। उनको समग्र कथा नै जोक्स जस्तो हुन्छन्। सिक्न रुचाउने, आफूले नजानेको कुरा सबैसँग सोध्न रुचाउँछन्, उनी। 

खबपु सरल, सबैलाई सम्मान गर्ने रमाइलो मान्छे हुन्। उनी इमान्दार र सहयोगी मान्छे हुन्। कलकारिताका सबै क्षेत्रमा पोख्त मान्छे। डान्स सिकाउँछन्, दोहोरी गाउँछन्, तबला, हार्मोनियम बजाउँछन्। खबपु– एउटा कम्प्लिट प्याकेज हुन्।  
 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्