Kathmandu Press

६ वर्षअघि सुरज वैद्यले पारसलाई कार दिने घोषणा गरे, तर दिएनन्

काठमाडौं, फागुन १२ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई व्यवसायी सुरज वैद्यले टोयटाको क

६ वर्षअघि सुरज वैद्यले पारसलाई कार दिने घोषणा गरे, तर दिएनन्

काठमाडौं, फागुन १२ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई व्यवसायी सुरज वैद्यले टोयटाको कार उपहार दिने घोषणा गरेका थिए। तर, ६ वर्ष भयो, उनले अझै कार दिएका छैनन्।

सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकपमा नेपाल छनोट भएपछि व्यवसायी वैद्यले नेपाली क्रिकेट टिमको कप्तान पारसलाई कार उपहार दिने घोषाणा गरेका थिए। तर, ६ वर्ष बितिसक्दा पनि पारसले कार पाएका छैनन्।

सन् २०१४ को फेब्रुअरी २८ मा नेपाल उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष वैद्यले पारसलाई टोयटाको कार दिने घोषणा गरेका थिए। खेल पत्रकार जगदीश्वर पाण्डेद्वारा लिखित पुस्तक ‘विश्वकप टि–२० क्रिकेटका सारथीहरू’ विमोचन कार्यक्रममा वैद्यले घोषणा गरेका हुन्।

Hardik ivf

पारसले पनि कार दिने घोषणा भएको, तर आफूले अहिलेसम्म नपाएको बताए। ‘नेपाली विश्वकपमा छनोट भएर आएलगत्तै सुरज सरले उपहार स्वरुप कार दिने घोषणा गर्नु भएको थियो। अहिलेसम्म पाएको छैन,’ पूर्वकप्तान पारसले काठमाडौं प्रेससँग भने।

उनले यस विषयमा वैद्यसँग कुराकानी भएकाे बताए। ‘उहाँसँग पटक-पटक कुराकानी भएको छ। उहाँले दिन्छु भन्नुहुन्छ, तर अहिलेसम्म केही प्रक्रिया अघि बढेको छैन। सादय दिनुहुन्छ होला।’

अहिले बैद्य नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक छन्।

युएईमा भएको टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न जानुअघि नै नेपाल विश्वकपमा पुगे उत्कृष्ट एक जना खेलाडीलाई आफ्नो कम्पनी वैद्य अर्गनाइजेसनको तर्फबाट कार उपहार दिने घोषणा गरेका थिए।

सन् २०१३ नोभेम्बर २७ मा क्वार्टरफाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो।

विश्वकपमा छनोट भएको तीन महिनापछि वैद्यले ग्लोबल क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै तत्कालीन कप्तान पारश खड्कालाई कार दिने घोषणा गरेका थिए।

यस विषयमा व्यवसायी वैद्यले केही‍ बोल्न मानेनन्।

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्