Kathmandu Press

कीर्तिपुरमा नेपालले बनायो नौ नयाँ कीर्तिमान 

काठमाडौं : माघ २९ गते बुधबार नेपालमा पहिलो पटक आयोजना भएको एक दिवसीय सिरिजको अन्तिम खेल थियो । जहाँ

कीर्तिपुरमा नेपालले बनायो नौ नयाँ कीर्तिमान 

काठमाडौं : माघ २९ गते बुधबार नेपालमा पहिलो पटक आयोजना भएको एक दिवसीय सिरिजको अन्तिम खेल थियो । जहाँ भिड्दै थिए, घरेलु टिम नेपाल र विश्वशक्ति अमेरिका।

 सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेललाई नेपालले अविस्मरणीय नै बनायो। 

अमेरिकाविरुद्ध नेपालले टस जित्यो र कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङको निर्णय गरे । र, कप्तानको त्यो निर्णयलाई नेपाली स्पिनरले सही सावित गरिदिए । नेपाली स्पिनर पूर्णरुपमा हाबी भएपछि अमेरिकालाई ३५ रनमै अलाउट गर्दै नेपालले कीर्तिमान कायम गर्‍यो। 

Hardik ivf

३६ रनको लक्ष्य नेपालले ५.३ ओभरमै भेट्टायो । र आठ विकेटको सहज जित निकाल्यो । नेपालको कीर्तिमान जितका मुख्य पात्र रहे, युवा सन्दीप लामिछाने र सुशन भारी । अमेरिकाविरुद्धको कीर्तिमानी जितसँगै नेपालले सिरिजमा सुखद् अन्त्य गरेको छ । नेपालले त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्धका दुवै खेल जित्यो भने ओमानसँग दुवै खेल हार्‍यो। 

अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शनसँगै नेपालले एकदिवसीय क्रिकेटमा थुप्रै कीर्तिमान पनि लेखाएको छ। 

नेपाल र अमेरिकाबीचको खेलमा बनेका कीर्तिमान यस्ता छन् :

कम योगफल

कीर्तिपुर मैदानमा नेपालले अमेकिाविरुद्ध उत्कृष्ट बलिङ गर्‍यो र सामान्यता ८ घण्टामा सकिने खेल २ घण्टामै सकायो । यस क्रममा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्‍यो र १६ वर्ष पुरानो रेकर्ड बराबरी गर्‍यो । 

यो एकदिवसीय क्रिकेटको सबैभन्दा कम योगफल हो । यसअघि सन् २००४ मा जिम्बाबेलाई ३५ रनमै अलआउट गर्दै श्रीलंकाले कीतिमान आफ्नो नाममा लेखाएको थियो । त्यसअघि पनि विपक्षीलाई सस्तैमा रोक्ने कीर्तिमान श्रीलंकाकै नाममा थियो । उसले सन् २००३ मा क्यानडालाई ३६ र सन् २००१ मा जिम्बाबेलाई ३८ रन अलआउट गरेको थियो । 

उत्कृष्ट बलिङ स्पेल

अमेरिकालाई ३५ रनमै अलआउट गर्ने क्रममा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । अमेरिकाविरुद्ध सन्दीपले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो बलिङ स्पेल वर्तमान  एसोसियट्स् राष्ट्रमध्ये उत्कृष्ट बलिङ स्पेल हो । यसअघि अफगानिस्तानले टेस्ट मान्यता पाउनुअघि रसिद खानले वेस्ट इन्डिजविरुद्ध १८ रन खर्चेर ७ विकेट लिएका थिए।  

यो स्पेल सन्दीपको अन्र्तराष्ट्रिय करिअकै उत्कृष्ट बलिङ स्पेल पनि हो । यसअघि युएईविरुद्ध २४ रन खर्चेर ४ विकेट लिनु सन्दीपको उत्कृष्ट स्पेल थियो । सन्दीप एकदिवसीय क्रिकेटमा ५ विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् । 

सन्दीपको स्पेल एकदिवसीय क्रिकेटमै २० औं उत्कृष्ट स्पेल हो । उत्कृष्ट स्पेल श्रीलंकका बलर चामिन्दा भासको नाममा छ । उनले सन् २००१ मा क्यानडाविरुद्ध १९ रन खर्चेर ८ विकेट लिएका थिए। 

छिटो रन चेज

अमेरिकाले दिएको ३६ रनको लक्ष्य बुधबार कीर्तिपुरमा नेपालले ५.२ ओभरमा भेट्टायो । एकदिवसीय क्रिकेटमा नेपालले सबैछिटो लक्ष्य भेट्टाएको खेल हो यो । यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियकै भने यो तेस्रो छिटो लक्ष्य भेट्टाएको खेल हो। 

एकदिवसीय क्रिकेटमा छिटो रन चेज गर्ने कीर्तिमान श्रीलंकाको नाममा छ । सन् २००१ मा जिम्बाबेले दिएको ३९ रनको लक्ष्य श्रीलंकाले ४.२ बलमा पुरा गरेको थियो । यस्तै, सन् २००३ मा श्रीलंकाले नै क्यानडाले दिएको ३७ रनको लक्ष्य ४.४ ओाभरमा भेट्टाएको थियो।

फराकिलो विकेट जित

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले अर्को रेकर्ड पनि आफ्नो नाममा लेखायो । ८ विकेटको जित एकदिवसीय क्रिकेटमा सबैभन्दा फराकिलो जित हो । यसअघि नेपालले अघिल्लो वर्ष युएईविरुद्ध प्राप्त ४ विकेट फराकिलो जित थियो। 

एकै खेलमा सर्वाधिक विकेट लिने खेलाडी

बुधबार कीर्तिपुर मैदानमा सन्दीपले अमेरिकी खेलाडीलाई निरन्तर दबाबमा राखे र करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ६ अमेरिकी खेलाडीलाई पभेलियनको बाटो देखाएका सन्दीप एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी बने । यसअघि यो कीर्तिमान मिडियम पेसर सोमपाल कामीको नाममा थियो । उनले गतवर्ष युएईविरुद्ध ६.३ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएका थिए।

सुशनकोे करिअरकै उत्कृष्ट बलिङ

यही त्रिकोणात्मक सिरिज मार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका स्पिनर सुशन भारीले पनि सिरिजलाई अविष्मरणीय बनाउँदै अमेरिकाविरुद्ध ३ ओभरमा १ मेडनसहित ५ रन खर्चे ४ विकेट लिए । यो सुशनको करिअरकै उत्कृष्ट बलिङ स्पेल हो । साथै नेपालको एकदिवसीय क्रिकेटको तेस्रो उत्कृष्ट स्पेल पनि हो । 
कीर्तिपुर मैदानमा ४ खेलमा ११ विकेट लिँदै सुशन एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिनेको सूचीमा आफूलाई चौथो नम्बरमा उभ्याए । उनीभन्दा अघि सन्दीप लामिछाने २३, सोमपाल कामी १३ र करण केसीले पनि १३ विकेट लिएका छन्। 
 
दशै विकेट स्पिनरको नाममा

सिरिजको अन्तिम दिन स्पिनरको नाममा रह्यो । सन्दीप र सुशनले पुरै अमेरिकी टिमलाई आफ्नो स्पिनमा घुमाए । यो पनि एकदिवसीय क्रिकेटमा नेपालको रेकर्ड हो । ओडिआईमा नेपालली स्पिनरले दशै विकेट लिएको पहिलो पटक हो । जसमा सन्दीपले ६ विकेट लिदा सुशनले ४ विकेट लिए । यी दुईले ९ ओभरमा २ मेडनसहित २१ रन खर्चिए। 

बुधबार झरेका १२ वटै विकेट स्पिनरको नाममा रह्यो । नेपालले लिएको १० विकेट सन्दीप र सुशनको नाममा रहँदा अमेरिकाका नोस्थुश केन्जिगले २ विकेट लिए। 

विपक्षीलाई छिटो अलआउट

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकालाई नेपालले १२ ओभरमै ३५ रनमा अलआउट गर्‍यो । ओडिआईमा विपक्षीलाई सबैभन्दा चाँडो आउट गरेको नेपालको यो पहिलो खेल हो। यसअघि नेपालले गतवर्ष युएईलाई १९.३ ओभरमा अलआउट गरेको थियो। 

लिस्ट एमा ज्ञानेन्द्रको कीर्तिमान

विश्पकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अमेरिकाविरुद्धको अन्तिम खेलसँगै नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले पनि रेकर्ड बनाए । यो सँगै ज्ञानेन्द्र सर्वाधिक लिस्ट ए खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । ज्ञानेन्द्रले ५० लिस्ट ए खेल खेलेका छन् । उनीभन्दा पछि सोमपाल कामी छन् । उनले ४५ लिस्ट ए खेल खेलेका छन्। 

र, यो पनि
अमेरिकालाई ७२ बलमा ३५ रनमै अलआउट ग¥यो । योसँगै नेपालले एकदिवसीय क्रिकेटमा इतिहासमा विपक्षीलाई सर्वाधिक कम बलमा अलआउट गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखायो । यसअघि यो कीर्तिमान अफगानिस्तानको नाममा थियो । उसले सन् २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अलआउट गरेको थियो ।

प्रकाशित मिति: १८:२५ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्