Kathmandu Press

कीर्तिपुरमा सन्दीपको कीर्तिमान

काठमाडौं, माघ २९ : नेपालका ग्लोबल स्टारका रुपमा परिचित सन्दीप लामिछानेका लागि बुधबार कीर्तिपुरस्थित

कीर्तिपुरमा सन्दीपको कीर्तिमान

काठमाडौं, माघ २९ : नेपालका ग्लोबल स्टारका रुपमा परिचित सन्दीप लामिछानेका लागि बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान विशेष रह्यो। सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे।

सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध सन्दीपले करिअरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए।

पहिलो पटक कीर्तिपुर मैदानमा एकदिवसीय श्रृंखला खेलिरहेको नेपालले अघिल्ला तीन खेलमा खासै राम्रो खेल्न प्रदर्नशन गर्न सकेको थिएन। तीनमध्ये एक खेलमा जित निकाले पनि नेपालको प्रदर्शन ठीकठाक मात्रै थियो।  

Hardik ivf

अमेरिकाविरुद्ध नेपालले टस जित्यो र कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङको निर्णय गरे। अन्य खेलजस्तै मिडियम पेसर करण केसी र लेगस्पिनर सन्दीपले नेपाली बलिङ आक्रमणको सुरुआत गरे। पहिलो ओभर करणले मेडन राखे।

दोस्रो ओभरका लागि कप्तान ज्ञानेन्द्रले सन्दीपको हातमा बल थमाए। सन्दीपका सुरुआती पाँच बल इयान हल्यान्डले डट खेले। छैठौं बलमा हल्यान्डलाई पूर्वकप्तान पारस खड्काबाट क्याच आउट गराउँदै सन्दीपले विकेटको सुरुआत गरे।

दोस्रो विकेटका रुपमा सन्दीपले आठौं ओभरको दोस्रो बलमा मोनांक पटेललाई क्लिन बोल्ड गरे भने त्यहि ओभरको पाँचौं बलमा निसार्ग पटेललाई पनि बोल्ड गर्दै अमेरिकालाई दबाबमा राखे। त्यसपछि सन्दीपले लगातार रुपमा विकेट लिए। अक्षय होमराज, टिमिल पटेल र नोस्थुस केन्जिग सन्दीपको बलिङ सिकार हुने अन्य खेलाडी रहे।

अर्को इन्डबाट सन्दीपलाई सुशन भारीले पनि राम्रो साथ थिए। उनले पनि एकदिवसीयकै उत्कृष्ट बलिङ गरे। सुशनले तीन ओभरमा एक मेडनसहित पाँच रन खर्चेर चार विकेट लिए। सुशनले यसै श्रृंखलामार्फत एकदिवसीयमा डेब्यू गरेका हुन्।

अमेरिकाविरुद्ध सन्दीपको यो स्पेल नेपालको एकदिवसीय क्रिकेटकै सबैभन्दा उत्कृष्ट हो। यसअघि यो रेकर्ड सोमपाल कामीको नाममा थियो। उनले गतवर्ष युएईविरुद्ध ६.३ ओभरमा ३३ रन खर्चेर पाँच विकेट लिएका थिए। यो सूचीमा आजकै सुशनको स्पेल तेस्रो स्थानमा छ।

अमेरिकाविरुद्धको प्रदर्शनसँगै सन्दीप नेपालका लागि एकदिवसीय क्रिकेटमा एक खेलमा सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन्। गतवर्ष युएईविरुद्ध पाँच विकेट लिँदै सोमपालले राखेको कीर्तिमान बुधबार कीर्तिपुरमा सन्दीपले तोडे।

यस्तै सन्दीप एकदिवसीय क्रिकेटमा पाँच विकेट लिने दोस्रो नेपाली खेलाडी पनि बनेका छन्। पाँच विकेट लिने पहिलो खेलाडी सोमपाल कामी हुन्।

सन्दीप एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले १० खेलमा २३ विकेट लिएका छन्। समान १३ विकेट लिएका सोमापल र करण क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

सोमपालले ६ र करणले ९ खेल खेलका छन्। यस्तै डेब्यू सिरिजमै उत्कृष्ट प्रदशन गरेका सुशन चार खेलमा ११ विकेट लिँदै चौथो स्थानमा छन्।  

याे पनि पढ्नस् : त्रिकोणात्मक श्रृंखला : अमेरिकाविरुद्ध नेपालको कीर्तिमान जित

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्