Kathmandu Press

सन्दीप चम्किँदा नेपालको कीर्तिमान जित

काठमाडौं, माघ २९ : सन्दीप लामिछाने चम्किँदा नेपालले अमेरिकाविरुद्ध कीर्तिमान जित हासिल गरेको छ।

सन्दीप चम्किँदा नेपालको कीर्तिमान जित

काठमाडौं, माघ २९ : सन्दीप लामिछाने चम्किँदा नेपालले अमेरिकाविरुद्ध कीर्तिमान जित हासिल गरेको छ।

आईसीसी विश्वपक लिग–२ अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा भएको अमेरिकाविरुद्धको खेलमा सन्दीपले ६ विकेट लिए। उनले ६ ओभरमा १६ रन दिएर ६ विकेट लिँदा अमेरिका ३५ रनमै समेटियो।

एकदिवसीय क्रिकेटमा यस अघि श्रीलंकाले सन् २००४ मा जिम्वाबेलाई ३५ रनमै अलआउट गरेको थियो।

प्रतिउत्तरमा नेपालले दुई विकेटको क्षतिमा ५.२ ओभरमै जित हासिल गरेको छ। याे एकदिवसीयमा सबैभन्दा कम ओभरमा निकालकाे जित हाे।

नेपालका लागि पारश खड्काले २० र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। ज्ञानेन्द्र मल्ल एक रनमा र सुवाष खकुरेल शून्यमा आउट भए।

अमेरिकाको लागि नोस्थुस केन्जिगेले दुई विकेट लिए।

यस अघि ब्याटिङमा गरेको अमेरिकाका लागि कुनै खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। अमेरिकाका ओपनर ज्याभिएर मार्सलबाहेक कसैले पनि दोहोरो अंक बनाउन सकेनन्। उनले २२ बलमा दुई चौका प्रहार गर्दै १६ रन बनाए।

नेपालका लागि सन्दीपसँगै सुशन भारीले उत्कृष्ट बलिङ गरे। उनले तीन ओभरमा पाँच रन खर्चेर चार विकेट लिए।

 

प्रकाशित मिति: ११:४० बजे, बुधबार, माघ २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्