डेब्यूको पर्खाइमा १९ वर्षे ठिटो
काठमाडौं, माघ २२ : भारतमा सन् २०२३ मा हुने विश्वकपका लागि बुधबार कीर्तिपुरस्थित टियू मैदानमा ओमानविर
काठमाडौं, माघ २२ : भारतमा सन् २०२३ मा हुने विश्वकपका लागि बुधबार कीर्तिपुरस्थित टियू मैदानमा ओमानविरुद्ध खेल्दै नेपालले छनोटको यात्रा सुरू गरेको छ। विश्वकप छनोटको रोडम्यापका रुपमा रहेको ‘विश्वकप क्रिकेट लिग–२’ को पहिलो श्रृंखलामा नेपाल ओमान र अमेरिकासँग भिड्नेछ।
यो श्रृंखलामा नेपालका नियमित मिडियम फास्ट बलर सोमपाल कामी भने छैनन्। ढाडको चोटका कारण बन्द प्रशिक्षणसमेत गुमाएका उनको ठाउँमा नयाँ बलर आएका छन्, १९ वर्षीय कमलसिंह ऐरी।
कञ्चनपुरका यि किशोरलाई राष्ट्रिय टिममा सोमपालको अभाव हुन नदिने गरि प्रदर्शन गर्नुपर्ने चुनौति त छँदै छ, आफूलाई प्रमाणित गर्ने अवसर पनि छ। कमल भन्छन्, ‘म जुन किसिमको बलर हुँ, त्यसैमा ध्यान केन्द्रित गर्छु। मेरो स्टे«न्थ के हो, टिमले मलाई के रोल दिन्छ, त्यसैलाई पूरा गर्छु।’
क्रिकेट खेल्न थालेको चार वर्षमै कमलले आफूलाई राष्ट्रिय क्रिकेटरका रुपमा उभ्याएका छन्। यू–१९ देखि राष्ट्रिय टिमको यात्रामा उनले आफूलाई खरो उतारेका पनि छन्। यसका लागि धेरै मेहनत पनि गरेका छन्।
यो त्रिकोणात्मक श्रृंखलाका लागि राष्ट्रिय टिमको घोषणाअघि डर र द्विविधासहितको त्यो क्षण कलमको मनमा अहिले पनि ताजै छ। ‘जब राष्ट्रियको टिमको घोषणा कुरा चल्यो, मनमा उत्साहसँगै डर पनि थियो। घरेलु प्रतियोगिता र क्याम्पमा पनि राम्रो गरेकाले टिममा पर्छुजस्तो लागेको थियो। अन्तिम क्षणमा बाहिरिन्छु कि भन्ने डर पनि थियो,’ कमल भन्छन्, ‘जब सिरिजका लागि १४ सदस्यीय टिम घोषणा भयो, त्यसमा मेरो नाम पनि अटायो। त्योवेला म यति खुशी भएँ, शब्दमा बयान गर्न सक्दिनँ।’
उनी खुशी नहुन पनि किन, त्यो क्षणको उनको सपना र परिवरको विश्वासले मूर्तरुप पाएको थियो। र, कमलको मेहनतले एउटा उचाइ पाएको थियो।
उनी अहिले राष्ट्रिय टिमबाट डेब्यूको प्रतिक्षामा छन्। त्यसका लागि अफू एकदमै उत्साहित भएको उनी बताउँछन्। अवसर पाए आफूलाई प्रमाणित गर्ने उनको अठोट छ।
क्रिकेट खेल्ने सबैको एउटै सपना हुन्छ, राष्ट्रिय टिमबाट खेल्ने। राष्ट्रियमा परेसँगै कलमको त्यो सपना त एक हदसम्म पूरा भएको छ। अब उनी ‘प्लेइङ इलेभन’मा पर्न समय कुरिरहेका छन्। ‘प्लेइङ इलेभनमा परे भने त्यस्तो स्पेसल गर्ने सोच छैन। स्पेसलभन्दा पनि अहिलेसम्म म जुन किसिमको बलर हुँ त्यसैमा ध्यान केन्द्रित गर्छु। मेरो स्टे«न्थ के हो, टिमले मलाई के रोल दिन्छ, त्यसैलाई जिम्मेवारीपूर्वक पूरा गर्छु।’
उनी आफूले जेमा राम्रो गरिरहेका र सफल भएका छन्, त्यसैमा केन्द्रित हुने उनको सोचाइ छ। ‘एकैपटक गेममा गएर केही नयाँ ट्राइ गर्ने भन्ने कुरा हुन्न। जेमा सफल भएको छु, त्यसैमा फोकस हुने हो,’ कमल भन्छन्, ‘स्किल बाहिर अफ सिजनमा प्राक्टिस गर्ने कुरा हो। आफूसँग जे टिमलाई त्यही दिने हो।’
उनलाई टिमको अवस्था राम्रोसँग थाहा छ। त्यस्तै, त्रिवि क्रिकेट मैदानको पिचबारे पनि जानकार छन्। प्लेइङ सेटमा पर्ने सम्भावनालाई अथ्र्याउँदै कमल भन्छन, ‘नेपालको पिच स्लो छ। कीर्तिपुर मैदानले स्पिनलाई बढी सपोर्ट गर्छ। त्यसैले नेपालले तीन स्पिन र दुई सिमर (मिडियम पेसर) खेलाउने सम्भावना बढी छ। करण दाइ र अभिनास एकदमै अनुभावी हुनुहुन्छ। उहाँहरुले राम्रो पनि गरिरहनु भएको छ। टिमको कन्डिसन कस्तो हुन्छ, त्यसैमा भर पर्छ। म टिमको कन्डिसनमा स्विटेबल छु कि छैन, त्यसैले टिममा पर्ने–नपर्ने निर्धारण गर्छ।’
कमलको क्रिकेट यात्रा
सानैदेखि आफूलाई क्रिकेटले तानेको कमलले सुनाए। तर, आफूले बल र ब्याट कहिले समातेँ उनलाई ठ्याक्कै याद छैन। सुदूरपश्चिममा क्रिकेटको माहोल एकदमै राम्रो छ, त्यही माहोलले कमललाई क्रिकेटमा डोहो¥यायो। ‘प्रोफेसनली, क्रिकेटर नै बन्छु भनेर लागेको चाहिँ लगभग चार–पाँच वर्ष भयो। २०१५ बाट होला क्रिकेट खेल्न सुरू गरेको हुँ,’ कमल भन्छन्, ‘त्यसपछि यसमै फोकस भएको छु।’
क्रिकेटका लागि कमललाई कहिल्यै घरबाट रोकटोक भएन। तैपनि परिवारजन कमलको भविष्यलाई लिएर चिन्तित थिए। ‘मैले क्रिकेट सुरू गर्दा सुरुआतमा बुबा–ममी चिन्ता गर्नुहुन्थ्यो। त्यो स्वभाविक पनि थियो, क्रिकेट खेलेर जीवन चलाउँन सक्दैन भन्ने लाग्यो होला,’ कमल भन्छन्, ‘राष्ट्रिय टिममा परेर राम्रै खेल्न सक्नेको मात्र जीवन दुःख सुख चल्ने अवस्था थियो। परिवारमा यसले पछिसम्म राम्रो खेल्न सक्छ कि सक्दैन भन्ने थियो।’
राष्ट्रिय टिममा परेका बाहेकको अवस्था अझै पनि राम्रो नभएको उनको बुझाइ छ। ‘राष्ट्रिय टिममा पर्नेबाहेकको अवस्था अहिले पनि राम्रो छैन। क्रिकेटमै लागेर मेहनत गरिरहेका खेलाडी थुप्रै छन्। त्यही भएर घरमा अलि डराउनुहुन्थ्यो। यसको फ्युचर कस्तो होला, गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता थियो,’ कमलले सम्झिन्छन्।
पहिलो बलमै विकेट
क्रिकेटर बन्छु भनेर लागेको एक वर्षपछि नै कमलले नेपालको जर्सी लगाउने अवसर पाए। सन् २०१६ मा यू–१९ एसिया कपका लागि घोषणा गरेको टिममा कमल पनि परे। कमलले श्रीलंकाबाट सुरू गरे राष्ट्रिय टिमको यात्रा। त्यसपछि उनको क्रिकेट यात्रा अनवरत चलिरहेको छ।
कमलले यू–१९ को डेब्यू खेललाई यादगार बनाए। राष्ट्रिय टिमका लागि गरेको पहिलो बलमै विकेट लिन सफल भए। कोलम्बोमा भएको आयोजक श्रीलंकाविरुद्धको त्यो खेलको कुरा आउने बित्तिकै कमल उत्साहित बने।
नेपालको जर्सी लगाएर मैदान प्रवेश गर्दाको क्षण कमलले अझै बिर्सेका छैनन्। ‘राष्ट्रिय टोलीबाट डेब्यू गर्दाको क्षण एकदमै खुसी भएँ,’ उनी भन्छन्।
अझ त्योभन्दा बढी खुशी कलमले पहिलो खेलमै अनुभव गरे। ‘नेपाली इनिङको सुरुआत आफैंले गर्न पाउँदा उत्साहित थिएँ। अलिअलि दबाब पनि थियो। तर, पहिलो बलमै विकेट लिएँ,’ कलम सम्झिन्छन्, ‘बल सामान्य नै थियो, श्रीलंकाका ओपनर विट भए, बल उनको प्याडमा लाग्यो, मैले एलबीडब्लुको अपिल गरेँ। अम्पायरले चोर औंला उठाउँदै विकेटको इशारा गरे। म खुशीले उफ्रिएँ।’
पहिलो बलमै विकेट लिँदा दिमाग शून्य भएको उनी बताउँछन्। ‘केही सोच्नै सकिनँ, दिमाग शून्य भएको थियो,’ कमल भन्छन्, ‘मैले साथीहरुसँग विकेट सेलिब्रेसन गरेँ, साथीहरुले बधाई दिए।’
डेब्यू खेलमै कमलले आठ ओभरमा ४३ रन खर्चेर तीन विकेट लिए। तथापि नेपाल एक रनले पराजित भयो। ‘आफ्नो प्रदर्शनले टिमलाई जित दिलाउन सकेको भए डेब्यू अझ यादगाद हुनेथियो,’ कमल केही निरास हुन्छन्।
श्रीलंकाविरुद्धको त्यहि खेलबाटै कलमको क्रिकेट करिअरले गति लिनथाल्यो। त्यसपछि लगातार यू–१९ टिमको सदस्य बने। आफ्नो प्रदर्शनलाई सुधार गर्दै लगे। कलमको त्यही मेहनत र लगशीलताले आज उनलाई राष्ट्रिष्य टिमसम्म डोहोर्याएको छ।
चार वर्षमा उमेर समूहको क्रिकेटमा जुन सफलता हात पारेका छन्, त्यही सफलता राष्ट्रिय टिमबाट पनि हासिल गर्नेमा आशावादी कमल अहिले भने डेब्यूका पर्खाइमा छन्।