Kathmandu Press

बार्सिलोनाको प्रशिक्षक बन्न किन मानेनन् जाभी ?

काठमाडौं, माघ २ : गत शुक्रबारदेखि सोमबार रातिसम्म स्पेनिस जाइन्ट बार्सिलोनामा ठूलै हलचल मच्चियो। कार

बार्सिलोनाको प्रशिक्षक बन्न किन मानेनन् जाभी ?
एजेन्सी

काठमाडौं, माघ २ : गत शुक्रबारदेखि सोमबार रातिसम्म स्पेनिस जाइन्ट बार्सिलोनामा ठूलै हलचल मच्चियो। कारण थियो, स्पेनिस सुपर कपमा एट्लेटिको मड्रिडविरूद्धको खेलमा व्यहोरेको पराजय।

नहोस् पनि किन, प्रशिक्षक अर्नेस्टो भालभर्डेको नेतृत्वमा बार्सिलोनाले नकआउट चरणका प्रमुख खेलमा भोगिरहेको नियति फेरि एकपटक दोहोरिएको थियो। सुपरकपको सेमिफाइनलमा बार्सिलोनाले खराब खेलेको थिएन्, तर फुटबलमा निर्णायक गोल नै त हो। भालभर्डेको नेतृत्वको टोलीमाथि यस्तै भइदियो। राम्रै खेल्दा पनि नतिजा ३–२ ले एट्लेटिको पक्षमा गयो।

साउदी अरेवियामा भएको खेलको ९० मिनेटमा जब रेफ्रीले सिट्टी फुके, तब सुरू भयो भालभर्डेको आलोचना। हुन त बार्सिलोना समर्थकले खेल जित्दा भालभर्डेलाई कहिलै जस दिएनन्। दिए त केवल कप्तान लियोनल मेस्सी, लुइस स्वारेजलगायतका खेलाडीलाई। तर, हारको जस भने सिधै भालभर्डेलाई दिने बार्सा समर्थकको पुरानै प्रचलनजस्तो थियो। 

Hardik ivf

सन् २०१८ मा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा इटालियन क्लब रोमासँग हारेयता अधिकांश उपाधि निर्णायक खेलमा पराजित भयो। २०१८–१९ को सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्ध घरेलु मैदानमा ३–० को जित निकालेको बार्सा एनफिल्डमा ०–४ गोलले पराजित भयो। सेमिफाइनलको यो लज्जास्पद हारपछि प्रशिक्षक भालभर्डेको आलोचना त चुलियो नै, समर्थक थप आक्रामक बने।

बार्सिलाेनाकाे जर्सीमा जाभी हर्नान्डेज।

त्यो क्रम एट्लेटिको विरुद्धको खेलमा पनि देखियो। खेल सकिएलगत्तै बार्सिलोनाका प्रतिनिधि दोहा उडे। उद्धेश्य थियो, क्लबका लिजेन्ड खेलाडी जाभी हर्नान्डेजलाई प्रशिक्षकका रूपमा क्याम्प नाउ फर्काउनु।

बार्सिलोनाका लिजेन्ड जाभी हर्नान्डेजले बार्सिलोनाको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्विकार गरिदिए। बार्सिलोनाका फुटबल निर्देशक एरिक एबाइडल र प्रमुख कार्यकारी ओस्कर ग्रेउले दोहामा उनीसँग भेट गरे र भने, ‘बार्सिलोना फर्कनुस्।’

हाल जाभी प्रशिक्षक रहेको कतारी क्लब अल सदका पूर्वखेल निर्देशक मुहम्मद गुलाम अल बलुसीले बार्साको टोली र जाभीबीच वार्ता भएको पुष्टी गरेका थिए। अलरेयान विरुद्धको खेलपछि भएको पत्रकार सम्मेलनमा उनले सार्वजनिकरुपमा बार्सिलोनाको प्रशिक्षक बन्ने विषयमा बोले पनि। ‘बार्सिलोनाको प्रशिक्षण बन्नु मेराे सपना हो। तर, मेरो ध्यान अहिले अल सादमा छ। अहिले म यो कुरा गर्न चाहान्न की बार्सिलोनामा के हुन्छ? किनकी म क्लब र भालभर्डेलाई सम्मान गर्छु।’

बार्सिलोनाका प्रतिनिधिले जाभीलाई निर्णय गर्न आइतबारसम्मको समय दिएका थिए। तर ३९ वर्षीय जाभीले क्याम्प नाउको ‘हट सिट’मा बस्ने प्रस्ताव अस्विकार गरिदिए। त्यसपछि बार्सिलोनाले रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटियनलाई प्रशिक्षकमा नियुक्त गर्‍यो।

जाभी बार्सिलोनाबाटै २१औं शताव्दीको सुरुआतका सर्वश्रेष्ठ मिडफिल्डरका रूपमा उदाएका खेलाडी हुन्। उनले बार्सिलोनाबाट आठ ला लिगा र चार च्याम्पियन्स लिग जितेका थिए। पेप गर्डिवलाले फुटबलमा ‘टिकीटाका’ फिलोसोपी भित्र्याउँदा जाभी बार्सिलोनामै थिए। त्यो फिलोसोपीमा उनी राम्ररी भिजेका र बुझेका खेलाडी हुन्।

लियाेनल मेसीसँगै जाभी हर्नान्डेज।

भालभर्डेको समयमा बार्सिलोनाले पुरानो शैलीको खेल पस्किन छोडेको थियो। जाभी बार्सिलोना आउन किन मानेनन् त ? त्यस पछाडी पाँच कारण छन्।

पहिलोः जाभीका बार्सिलोनाका लिजेन्ड खेलाडी हुन्। आफू कुनै पनि बेला बार्सिलोना आउन चाहे क्बलले स्वीकार्ने उनलाई राम्रोसँग थाहा छ। त्यसैले जाभीले बार्सिलोना आउन हतार गर्न चाहेनन्। जाभी तयार भए सिजनको अन्त्य वा बीचमा पनि उनलाई ल्याउन बार्सिलोना तयार हुनेछ।

दोस्रोः जाभी अर्नेस्टो भाल्भर्डेलाई सम्मान गर्छन्। त्यसैले बार्सिलोनालाई लगातार दुई उपाधि दिलाएका भाल्भार्डेलाई उनले प्रतिस्थापन गर्न चाहेनन्। र, उनले बार्सिलोना आउने समय उचित भएको ठानेनन्।

तेस्रोः जाभी अहिले कतारी क्लब अल सादमा प्रशिक्षक छन्। जाभीलाई अल सादले प्रशिक्षकका रुपमा मौका दिएको हो। बार्सिलोना छाड्दै खेलाडीका रुपमा अल साद पुगेका जाभीलाई विश्वास गर्दै क्लबले उनलई मुख्य प्रशिक्षक बनायो। आफूलाई विश्वास गर्ने क्लबलाई धोका दिँदै सिजनको बीचमै क्लब छाड्न जाभीले उचित ठानेनन्। अल साद ११ खेलमा २१ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ।

कतारी क्लबमा प्रमुख प्रशिक्षकका रुपमा जाभी हर्नान्डेज।

चौथोः जाभी प्रशिक्षकका रुपमा पहिलो उपाधि नजिक छन्। उनको टिम अल साद कतार कपको फाइलनमा पुगेको छ। आगामी शुक्रबार हुने फाइलनमा अल सादले अल दुहाइलको सामाना गर्दै छ। त्यसैले जाभीले पहिलो उपाधि नजिक रहेको अवस्थामा क्लब छाड्न चाहेनन्। जाभीले क्लबका खेलाडीसँग केही बाचासमेत गरेका छन्, ती बाचालाई अधुरै छाडेर उनी बार्सिलोना फर्कन चाहेनन्।

पाँचौः जाभी बार्सिलोना नआउनुको अर्को कारण हो, आसन्न बार्सिलोनाको निर्वाचन। बार्सिलोनाको अध्यक्षको निर्वाचन अर्को वर्ष हुँदै छ। नयाँ उम्मेदवार भिक्टर फन्टलाई सहयोग गर्ने भएकाले नैतिकताले पनि उनी अहिले नै बार्सिलोना आउन चाहँदैनन्। अर्को वर्ष बार्सिलोनामा अध्यक्षको निर्वाचन हुनेछ भने जाभीको अल सादसँगको सम्झौता पनि सकिनेछ। त्यसैले उनका लागि अर्को वर्ष प्रशिक्षक बन्ने उपयुक्त समय हुनेछ। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्