Kathmandu Press

प्रधानमन्त्री ओलीलाई इन्फेक्सन, एन्टिबायोटिक चलाइयो

काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्फेक्सन भएको छ । मंगलबार डायलासिसका लागि त्रि

प्रधानमन्त्री ओलीलाई इन्फेक्सन, एन्टिबायोटिक चलाइयो

काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्फेक्सन भएको छ । मंगलबार डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिस सेन्टर पुगेका ओलीको इन्फेक्सन देखिएपछि चिकित्सकहरुले तत्काल एन्टिबायोटिक सुरु गरेका छन्। 

इन्फेक्सनको विस्तृत रिपोर्टका लागि ब्लड कल्चरमा पठाइएको छ । ओलीको अहिले मिर्गौलाको डायलासिस भैरहेको छ । डायलासिपछि अस्पतालै बस्नेकी बालुवाटार फर्कने भन्ने विषयमा निर्णय भैनसको एक चिकित्सकले बताए । 

ओली बालुवाटार फर्कन चाहिरहेका छन्। तर चिकित्सकहरुले भने इन्फेक्सन देखिएकाले अस्पतालमै आराम गर्न आग्रह गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले गत मंसिर १० मा मनमोहन कार्डियोथोरासिस सेन्टरमै एपेन्डिसाइटिसको शल्यक्रिया गराएका थिए। ओलीले विगत एक महिनादेखि नियमित मिर्गौेलाको डायलासिस पनि गर्दै आएका छन्। सुरुमा राजधानीको ग्राण्डि अस्पतालमा डायलासिस गरेका ओली एपेन्डिसाईटिसको अपरेशनपछि मनमोहन कार्डियोथोरासिस सेन्टरमा डायलासिस गर्दै आएका छन्। 

प्रकाशित मिति: २१:५३ बजे, मंगलबार, मंसिर २४, २०७६