स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्प
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली मंगलबार साँझ सवा सात बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्री ओलीले गत मंसिर १० मा मनमोहन कार्डियोथोरासिस सेन्टरमै एपेन्डिसाइटिसको शल्यक्रिया गराएका थिए। प्रधानमन्त्री ओलीका लागि मनमोहन कार्डियोथोरासिस सेन्टरको सीसीयुको एक नम्बर क्याबिन खाली गराइएको छ।
यसअघि प्रधानमन्त्री ओली अस्पताल आउने भएपछि चिकित्सकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मंगलबार राति मिर्गौलाको डायलासिस पनि हुने र सम्भवत: एक रात अस्पतालमै राखिने छ।
यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाइपछि मंसिर १९ गते डिस्चार्ज भएका थिए।






