गौरिकाले जितिन् कीर्तिमानी चौथो स्वर्ण
काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमानी
काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमानी चौथो स्वर्ण जितेकी छिन्।
सोमबार भएको पौडीको १०० मिटर फ्रिस्टायलमा भारतकी सिभाङ्गी शर्मालाई हराउँदै गौरिकाले स्वर्ण पदक जितेकी हुन्।

निर्धारित दूरी गौरिकाले ५८.१३ सेकेन्डमा पूरा गरिन्। जारी सागमा गौरिकाको यो चौथो स्वर्ण पदक हो। गौरिकाले यसअघि चार सय मिटर फ्रिस्टायल, दुई सय मिटर फ्रिस्टायल र दुई सय मिटर ब्याकस्टोक स्वर्ण जितेकी थिइन्।

रजत पदक जितेकी भारतकी शर्माले निर्धारित दूरी ५८.१५ सेकेन्डमा पूरा गर्दा काश्य पदक जितेकी भारतकै आनी जैनले सोही दूरी ५९.०४ सेकेन्डमा पूरा गरेकी थिइन्।

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, मंसिर २३, २०७६
थप समाचार






