Kathmandu Press

बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण पदक

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा

बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण पदक

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्। 

सातदोबाटोमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै भुपेन्द्रले स्वर्ण पदक जितेका हुन्। ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका भुपेन्द्रले भारतीय खेलाडी मनिष कौशिकलाई हराएका हुन्।  बक्सिङमा यो नेपालका लागि दोस्रो स्वर्ण हो। 

यसअघि भएको महिला बक्सिङ प्रतिस्पर्धामा मिनु गुरुङले स्वर्ण पदक जितेकी थिइन्। उनले पनि भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन्। यसअघि नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौं सागमा बक्सिङतर्फ दुई वटा स्वर्ण जिते यता नेपालले बक्सिङमा स्वर्ण जित्न सकेको थिएन।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए। पुरुष बक्सिङतर्फ भुपेन्द्रले स्वर्ण जितेसँगै नेपालले जारी १३ औं सागमा स्वर्णको संख्या ४७ पुर्‍याउन सफल भयो।


 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, मंसिर २३, २०७६