प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस सकियो, भोलि फेरि गरिने
काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको दोस्रो डायलासिस सकिएको छ। शुक्रबार
काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको दोस्रो डायलासिस सकिएको छ। शुक्रबार तेस्रो डायलासिस गरेपछि मात्रै प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने कि अस्पतालमै राखेर उपचार गर्ने भन्ने निर्णय हुने भएको छ।
राजधानीको ग्राण्डि इन्टरनेसनल अस्पतालमा झण्डै २ घण्टा लगाएर डायलासिस भर्खरै सम्पन्न गरिएको छ। हिजो (बुधबार) एक घण्टा गरिएको डायलासिस आज २ घण्टा गरिएको छ । भोली (शुक्रबार) पुन: ३ घण्टाको डायलासिस गरेपछि मात्रै पहिलो चरणको डायलासिस पुरा हुन्छ।
प्रधानमन्त्री सचिवालय र उनका निजि चिकित्सकहरुले भने प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएकोलाई अझै गोप्य राखेका छन्। प्रधानमन्त्रीको मिगौलाको अव नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरुले खुलाएका छैनन् । यद्यपी मेडिकल विज्ञानले डायलासिसमा गैसकेपछि कि नियमित डायलासिस गर्ने नभए मिर्गौला प्रत्यारोपणमा जानु पर्ने सुझाव दिन्छ ।






