Kathmandu Press

एनआरएनमा राजनैतिक कित्ताकाट, लोकतान्त्रिक र बामपन्थीको प्यानलनै चुनावमा 

काठमाडौं, असोज २८ : बिशुद्ध गैरराजनीतिक चरित्रकाे गैर आवाशिय नेपाली संघ (एनआरएनए)को स

एनआरएनमा राजनैतिक कित्ताकाट, लोकतान्त्रिक र बामपन्थीको प्यानलनै चुनावमा 
रिवाज राई

काठमाडौं, असोज २८ : बिशुद्ध गैरराजनीतिक चरित्रकाे गैर आवाशिय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा कांग्रेस र कम्युनिष्ट निकटका प्यानलै चुनावी मैदानमा होमिएका छन्। 

आजदेखि सुरु भएकाे सम्मेलनमा लोकतान्त्रिक अर्थात कांग्रेस निकट प्यालनबाट कुल आचार्य र नेकपा वा बामपन्थी प्यानलबाट कुमार पन्तले प्यानल सहित उम्मेदबारी दिने घोषणा गरेका छन्। गैरराजनीतिक चरित्रको तटस्थ संस्थालाई राजनीतिकरण गरेको भन्दै यसका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेका छन्। सम्मेलनस्थल राजधानीको हायत होटलको गतिविधि हेर्दा नेविसंघ र अखिलको अधिवेशन जस्तो  राजनीतिक माहौल देखिन्छ । उम्मेदबार बोकेर हिड्ने, पर्चा बाड्नेदेखि भाडाका प्रचारक खटाउने जस्ता गलत चुनावी प्रपोकाण्ड दुवै प्यालनले गरेका छन् ।  यसअघि राजनीतिक आस्था भएपनि एनआरएनको चुनावमा खासै राजनैतिक कित्ताकाट हुदैन थियो।

तर यस पटक एनआरएनएमा प्रष्ट दुई खेममा विभाजित भएका छन्, लाेकतान्तिक र बामपन्थी। कुमार पन्तलाई जिताउन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनै लविङमा छन् भने कुल आचार्यलाई जिताउन कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा टिमनै बनाएको छ। राजनीतिक कित्ताकाटले एनआरएनको गरिमा बचाउन नसक्ने मात्रै हाईन, उदेश्य अनुसार काम समेत गर्न नसक्ने यसका संस्थापनक महतोको भनाईछ।  महताेले अतिराजनीतिकरण भएकाे भन्दै सम्मेलन बहिष्कार गरेका छन्। 

आचार्य जिताउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको सुबेच्छुक संस्था नेपाली जनसम्पर्क समितिका सदस्यहरुलाई निर्देशन दिएको छ । यता नेकपाले पनि पन्तको प्यालनलाई जिताउन विदेशस्थित उसको सुवेच्छुक संस्था जनसम्पर्क मञ्चहरुलाई ह्वीपनै जारी गरेका छ। 

बेलायतबाट प्रतिनिधित्व गर्दै वर्तमान उपाध्यक्ष समेत रहेका कुल आचार्य लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । अर्का वर्तमान उपाध्यक्ष तथा जर्मनका एनआरएनए कुमार पन्त बामपन्थी गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । 

राजनैतिक कित्ताकाट सुरु गरेको भन्दै सम्मेलन बहिष्कार गरेका एनआरएनएका संस्थापक अध्यक्ष महतोले चुनाव भन्दा पनि सहमतिमा नेतृत्व चयनको भूमिका खेल्न वर्तमान अध्यक्ष भवन भट्टलाई सुझाव दिएका छन्। 

पूर्वअध्यक्षहरुका आ–आफ्ना उम्मेदबार

महतो बाहेक एनआरएनका पूर्वअध्यक्षहरुले चुनावमा आफ्नो उम्मेदबार बोकेर हिडेका छन्। पूर्व अध्यक्ष जिवा लामिछानेले कुमार पन्तलाई सहयोग गर्ने घोषणा गरेका छन्।  अर्का पूर्वअध्यक्षद्वय देवमान हिराचन र शेष घलेले भने खुलेरै कुल आचार्यलाई जिताउन प्रचार अभियान तिव्र बनाएका छन्।

वर्तमान अध्यक्ष भवन भट्टले भने हालसम्म कुनै पनि उम्मेदवारलाई समर्थन गरेका छैनन । अध्यक्ष भट्ट र अध्यक्षका अर्का प्रत्यासी कुमार पन्त गोर्खाली भएको नाताले पन्त अन्तिममा भट्टको समर्थन पाउनेमा ढुक्क देखिन्छन्।  

भोली चुनाव भोलीनै मतपरिणाम

गैर आवसीय नेपाली संघको नवौ विश्व सम्मेलनमा विश्वका ८१ देशबाट २ हजार ५ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनले भोली (बुधवार) दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ। 

बुधबार हुने निर्वाचनले आगामी दुई बर्षका लागि १२ पदमा ४२ जना निर्वाचित गर्नेछ। संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिला सहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन्। 

प्रत्येक क्षेत्रिय समितिबाट एक/एक जना गरी ६ जना क्षेत्रिय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन् । 

विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २÷२ जना क्षेत्रिय उपसंयोजक छानिने छन्। 

उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रिय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने छन। 

बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान गर्ने र मतदान सम्पन्न भएको एक घण्टामा मतगणना सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्