दशैँका दश शक्तिपीठ
काठमाडौं : बडादशैँ नेपालीहरुको महान चाँड हो। दशैँमा कामको सिलसिलामा देश बाहिर वा देशभित्रै रहेका नेप
काठमाडौं : बडादशैँ नेपालीहरुको महान चाँड हो। दशैँमा कामको सिलसिलामा देश बाहिर वा देशभित्रै रहेका नेपाली घर फर्कने गर्दछन्। यो बेला शक्तिकी देवी दुर्गा भवानीको पुजाआजा गरिन्छ। शक्तिपीठहरुमा राँगा, बोका, हाँस, कुखुराको बली दिइ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने धार्मिक मान्यता अनुसार देशभर रहेका शक्तिपीठहरुमा पुजाआजा गरिन्छ। कतिपय ठाउँमा अष्टमी र कतिपय ठाउँमा नवमीका दिनमा दशर्नाथीहरुको पीठहरुमा भिड लाग्ने गर्दछ।
प्रदेश नम्बर १: ताप्लेजुंगको पाथीभरा
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा मन्दिर एक हो। पाथीभरामा चाँडपर्व भन्दा बाहेकको समय पनि दर्शनार्थीहरुको घुइचो हुन्छ। ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा छ। यो मन्दिर हिन्दु एवं बौद्वहरुको महत्वपुर्ण धार्मिक स्थल हो। यो मन्दिरमावर्षभरी भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ। पाथीभरामा दशैँको समयमा झनै दशर्नार्थीको घुइचो हुने स्थानीय बताउँछन्।
प्रदेश नम्बर २: गढीमाइ
बाराको कलैयामा रहेको गढीमाइ मन्दिर तराइ क्षेत्रकै प्रशिद्ध धार्मीक स्थल हो। यहाँ दसँैका बेला बलि सहितको पुजाअर्चना हुने गर्दछ। दसैँको दिन नेपाल लगायत भारतका नागिरक दर्शन गर्न आउने गर्दछन्। यो बलिका लागि चर्चित छ। बडादसैंका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ । गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्दे्विक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ।
प्रदेश नम्बर ३: को तलेजु भवानी मन्दिर
तलेजु भवानी मन्दिर काठमाडौं दरवार क्षेत्रमा रहेको एक प्रसिद्व मन्दिर हो। यो वर्षको एक पटक दसैँको महानवमीका दिन मात्र सर्वसाधरणका लागि खुल्ला गरिन्छ। मल्लकालमा निर्माण गरिएको यो मन्दिर हनुमान ढोकाका नामले पनि चिन्ने गरिन्छ। वर्षको एकदिन मात्रै सर्वसाधरणका लागि खुल्ला गरिने भएकाले पनि महानवमीको दिन यहाँ दर्शनार्थीहरुको निकै भिड लाग्ने गर्दछ। तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ ।
प्रदेशनम्बर ४: विन्ध्यवासिनी र गोरखानाथ मन्दिर
विन्ध्यवासिनीको मन्दिर गण्डकी प्रदेशको प्रख्यात मन्दिर हो। यो पोखराको प्रख्यात पर्यटकिय स्थलमध्येको एक हो। यहाँबाट अन्नपुर्ण हिमश्रङखलाको राम्रोसँग अवलकन गर्न सकिन्छ। हरेक दिन यो मन्दिरमा पुजापाठ जारी रहेपनि दशैँको बेला विशेष भीड लाग्ने गर्छ । पोखरा–बागलुङ सडकखण्डनजिकै पर्ने यो मन्दिरमा बडादसैंको फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्रयाइन्छ भने नवमीको दिन बिशेष पुजा गरिन्छ। यहाँ पुजा गरेमा मनले चिताएको कुरा पुरा हुने जनविश्वास रहीआएको छ।
प्रदेश नम्बर ५ : को उज्जेश्वरी
पहाडी जिल्ला पाल्पामा रहेको उज्जेश्वरी भगवती प्रशिद्व मन्दिर हो। दशैको बेला यहाँ बली दिइदैन तर, पुजाआजा भने गरिन्छ। नेपाल र अग्रेज युद्धको सम्झना स्वरुप यो मन्दिरमा भगवती जात्रा गरिन्छ। यहाँ दसैँको बेला बली नदिएपनि पुजाआजा भने हुने गर्दछ। भगवती जात्राको दिनमा भने यहाँ बली सहितको पुजा लाग्ने गरेको स्थानीय बताउछन्।
प्रदेश नम्बर ६ : देउती बज्यै
देउती बज्यै मन्दिर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रख्यात धार्मिकस्थल हो। यो मन्दिर धार्मिक, पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ। सुर्खेतमा बसोबास गर्दै आएको पुरानो जाती राजीले गंगामा जाल खेल्न जाँदाँ देउता भेटीएकाले देउती बज्यै नाम रहेको किम्वंदन्ती छ। यहाँ दसैँको वेला राँगा, बोका सहितको बली सहित पुजा लाग्ने गर्दछ। यो मन्दिरमा दशैँै बाहेकको समयमा हजारौ दशनार्थी पुग्ने गर्दछन्। यो मन्दिरमा पुजाआजा गरे मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ ।
प्रदेश नम्बर ७ : उग्रतारा
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध महाशक्तिपीठ हो। यो डडेल्धुरा जिल्लामा पर्दछ। यहाँ अष्टमीको दिन बलिसहितको पुजाआजा गरिन्छ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ । दशैँको आठौं दिन भगवती गौरीमाताको उत्पन्न हुने दिन भएकाले हरेक वर्ष अष्ठमीको दिन मेला लाग्ने गर्दछ। मेलामा यो प्रदेशका ९ वटै जिल्ला तथा भारतबाट भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गर्दछन्। उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको छ ।
गुह्येश्वरी
गुहृयश्वरी काठमाडौं उपत्यकाभित्रको प्रशिद्व शक्ति पीठ हो। यो बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। यहाँ सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ। यो पिठमा दशैँको घटस्थापनादेखि नै विशेष पूजा आराधना गरिन्छ । यो स्थानमा सबैभन्दा पहिले तेत्तीसकोटी देवताहरू पूजा(आराधना गरेको विश्वास भए पनि यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् ।
बागेश्वरी
बाँके जिल्लाको नेपालगञ्जमा रहेको वागेश्वरी एक प्रसिद्ध मन्दिर हो। सतिदेवीको जिब्रो पतन भएको सो मन्दिरमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत देशको धेरै जिल्लाका नागरिक दर्शन गर्न जाने गर्दछन्। एउटा ठुलो तलाउको किनारामा रहेको या मन्दिरमा सबैभन्दा पहिले किन्नरणहरुले पुजाआरधना गरेको मानिन्छ।
कालिञ्चोक
काभ्रेको पाँचखालबाट सात किलोमिटर पुर्वमा पर्छ कालिञ्चोक भगवतीको मन्दिर। काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन्। लिच्छिवीकालमा राजा मानदेवले आमाको सम्झनामा यो मन्दिर बनाउका हुन्। यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । दसैँमा भक्तजनहरूको भीड लाग्ने गर्दछ।
आजको दिन हनुमान ढोकास्थित काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।