Kathmandu Press

मोदी र ओलीले उद्घाटन गरेको धर्मशाला डेढ वर्षसम्म सञ्चालन नै भएन

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नेपाल–भारत मैत्री पशुपति धर्मशाला डेढ वर्षस....

मोदी र ओलीले उद्घाटन गरेको धर्मशाला डेढ वर्षसम्म सञ्चालन नै भएन
काठमाडौं प्रेस

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नेपाल–भारत मैत्री पशुपति धर्मशाला डेढ वर्षसम्म संचालन भएको छैन् । भव्य धर्मशालाको मूल ढोकामा ताला झुण्डिएको छ।

नेपाल भ्रमणमा आएको बेला भारती प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगै ०७५ भदौ १६ गते धर्मशालाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले धर्मशाला निर्माणका लागि धन्यवाद दिएका थिए भने भारतीय प्रधानमन्त्री मोदीले विश्वभरबाट आएका भक्तजनहरूलाई बस्नका लागि सहज हुने बताएका थिए।

तर, उद्घाटनको डेढ वर्ष पुग्दा पनि संचालनमा आएको छैन् । यसको संचालनका लागि पनि पशुपति क्षेत्र विकास कोषले वास्ता गरेको छैन्।

Hardik ivf

 प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाइमा नेपालका पहिलो भ्रमणका क्रममा धर्मशाला निर्माणको घोषणा गरेका थिए । उनले नै यसको शिलान्यास पनि गरेका थिए । उनीभन्दा अघि पनि तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष बेनिबहादुर कार्की र शङ्कराचार्य जयेन्द्र सरस्वतीले पनि यसको शिलान्यास गरेका थिए।

यसको निर्माणमा भारत सरकारले नै दूताबासमार्फत २२ करोड सहयोग गरेको थियो । तीलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिमको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन्।

उद्घाटनपछि बन्द पशुपति धर्मशाला ।

त्यस्तै, चार कोठा विशिष्ठ व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा एकैपटक चार सय तीर्थयात्री बस्न सक्नेछन्।

दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्दा तत्कालै संचालनमा आउने बताइएको थियो । तर, अहिलेसम्म संचालन आएको छैन् । संचालनमा नआउनको कारण समेत बताउँन चाहदैनन्, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी । उनीहरू यसमा केही बोल्न चाहदैनन् । ‘किन संचालनमा आएन, थाहा पाइहाल्नु हुन्छ,’ एक पदाधिकारीले भने।

उद्घाटनपछि बन्द पशुपति धर्मशाला ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाल अब संचालनमा आउने बताउँछन् । तर, उनी पनि कहिलेदेखि संचालनमा आउने हो भन्न सक्दैनन् । ‘कहिलेदेखि त भन्न सक्दिन्, तर संचालनमा आउँछ,’ उनले भने।

होटलको सुविधा हुने गरी धर्मशाला बनाइएको हो । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ।

 

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्