Kathmandu Press

काठमाडौंका सडकः जेब्रा छैन, क्रसिङ मात्रै!

काठमाडौं, चैत २२: दुई वर्षअघि महानगरीय ट्राफिक प्रहरी कार्यालयले पैदलयात्रीहरूलाई एउटा उर्दी जारी गर्‍यो–जेब्रा क्रसिङ वा आकासे पुलबाट मात्र....

काठमाडौंका सडकः जेब्रा छैन, क्रसिङ मात्रै!

काठमाडौं, चैत २२: दुई वर्षअघि महानगरीय ट्राफिक प्रहरी कार्यालयले पैदलयात्रीहरूलाई एउटा उर्दी जारी गर्‍यो–जेब्रा क्रसिङ वा आकासे पुलबाट मात्रै बाटो काट्नू! 

जथाभावी बाटो काट्ने प्रत्येक पैदलयात्रीसँग दुई सय रुपैयाँ जरिवाना असुलिने चेतावनी पनि उसले दियो। ट्राफिक प्रहरीले २०७४ बैशाख १८ गतेदेखि जथाभावी बाटो काट्ने पैदलयात्रीलाई समात्दै जरिवानाको रसिद काट्ने अभियान सुरु गर्‍यो। गोजीमा दुई सय रुपैयाँ नहुनेलाई नियन्त्रणमा लिई एक घण्टासम्म बाटोमै थुनछेक गरियो। 

जेब्रा क्रसिङको मेटिसकेको रङ।

Hardik ivf

ट्राफिक प्रहरीको काम कानूनतः सही थियो। सडक दुर्घटना कम गराउन आवश्यक पनि थियो। तर, सडकमा पर्याप्त र प्रष्ट देखिने जेब्रा क्रसिङहरू बनाउनुको सट्टा जथाभावी बाटो काटेको भन्दै पैदलयात्रीलाई जरिवाना तिराउने र सडकमै बन्दी बनाउने कदमको सार्वजनिक सञ्जालमा चर्को विरोध भयो। 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटै आशय थियो–जथाभावी बाटो काट्नेलाई कारबाही गर, तर पहिले सजिलै बाटो काट्न मिल्ने जेब्रा क्रसिङहरू बनाऊ। उनीहरूले रङ उप्किइसकेको र देख्दै नदेखिने जेब्रा क्रसिङका तस्वीरहरू सामाजिक सञ्जालमा राखे। 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको चर्को बिरोधका कारण ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई समात्ने अभियान स्थगित गर्‍यो। काठमाडौंका सडकमा प्रष्ट देखिने जेब्रा क्रसिङहरूको व्यवस्था गरेर मात्रै यो अभियान सुचारु गर्ने आश्वासन पनि दियो। त्यो तमासा भएको आउँदो महिना ठ्याक्कै दुई वर्ष पुग्दैछ। तर, जेब्रा क्रसिङहरूको हालत उही छ। रङ उप्किइसकेका। नजिक गई हेर्दा पनि देख्न मुश्किल पर्ने। 

पैदलयात्रीले बाटो काट्ने ठाउँमा जेब्राको छालाजस्तो प्रष्ट देखिने संकेत हुनुपर्ने हो। गाडी चालकहरूले पनि परैबाट यस्ता संकेत देख्नुपर्ने हो। तर, काठमाडौंका धेरै सडकबाट जेब्राको रङ उडिसकेको छ। पैदलयात्रीहरू जथाभावी बाटो क्रस गरिरहेका छन्।जेब्राक्रस नै नदेखेपछि पैदलयात्रीहरूले जुनसुकै ठाउँबाट बाटो काट्छन्।

जेब्रा क्रसबाटै बाटो काटे पनि गाडी चालकले देख्ने होइन। जेब्रा क्रस देखे पनि बाटो रोक्नु र पैदल यात्रीलाई बाटो काट्न दिनु! छनलाई त काठमाडौं उपत्यकामा ३ सय ठाउँमा जेब्रा क्रसिङ छन्। तर, नाउँमात्रैका। 

जेब्रा क्रसबाट बाटो काट्दै सर्वसाधारण।

 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्