Kathmandu Press

फोहोर संकलन गरेर सृजना भएको सुन्दर कलाकृति

फोहोर प्लास्टिककै सुन्दर आँखिझ्याल र ढोका पनि तयार हुन्छ। काष्ठकलाझैं देखिने हात्तीको खुट्टाको रङ्ग र आकारमा बनेको मुढा देख्नु भयो भने अलमलमा नपर्नु होला, ति पनि फोहोर प्लास्टिकै हुन्।
फोहोर संकलन गरेर सृजना भएको सुन्दर कलाकृति

काठमाडाैं, म‌ंसिर ३ : ठमेलको ‘दलाई–ला बुटिक’ होटलको अग्रभागका दलिनमा सुन्दर काष्ठकला झल्किने आकृति छन्। ति फोहोर प्लास्टिकबाट बनाएका हुन्।

फोहोर प्लास्टिककै सुन्दर आँखिझ्याल र ढोका पनि तयार हुन्छ। काष्ठकलाझैं देखिने हात्तीको खुट्टाको रङ्ग र आकारमा बनेको मुढा देख्नु भयो भने अलमलमा नपर्नु होला, ति पनि फोहोर प्लास्टिकै हुन्। यि सबै बनाएका कलाकार विजय महर्जन भन्छन्, ‘फोहोर प्लास्टिकबाटै सुन्दर मूर्ति पनि बन्छन्।’

Hardik ivf

यसमा विश्वास लागेन भने पर्खनुस्, काठमाडौंको लाजिम्पाटस्थित उनको रोयल ग्यालरी अवलोकन गराउँदै छौं। जहाँ फोहोर सामानबाट नयाँ मूर्ति र आकृतिहरु तयार हुन्छन्।

उनको कार्यशालामा फोहोर प्लास्टिकबाट बनेका मुढा छन्।  हात्तीको खुट्टाको रङ्ग र आकारमा बनेको मुढामा बस्दा ग्राहक पनि रमाउछन्। त्यहि छेउछाउ तीनवटा गमला छन्। पत्याउनै गाह्रो लाग्ने, ति पनि फोहोर प्लास्टिकबाटै बनेका हुन्।

गमला।प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, मंसिर ५, २०७६

Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्