Kathmandu Press

सर्वोच्चका चार न्यायाधीशसहित ३० जना कर्मचारी क्वारेन्टाइनमा

काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतमा कार्यरत तीन जना कर्मचारीलाई कोराना संक्रमण पुष्टि भएपछि न्यायाधीश पनि क्वारेन्टाइनमा बसेका छन्।

मंगलबार ए....

सर्वोच्चका चार न्यायाधीशसहित ३० जना कर्मचारी क्वारेन्टाइनमा

काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतमा कार्यरत तीन जना कर्मचारीलाई कोराना संक्रमण पुष्टि भएपछि न्यायाधीश पनि क्वारेन्टाइनमा बसेका छन्।

मंगलबार एक जना इजलासका अधिकृतलाई कोरोना देखिएपछि सर्वोच्चका दुई वटा इजलास सिल गरिएको छ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले मंगलबार नै ३० जना कर्मचारी क्वारेन्टाइनमा बसेको जानकारी दिए। अहिले सर्वोच्च अदालतमा दुई वटा इजलासमार्फत सुनुवाइ हुने भएको छ।

ती इजलासले बन्दीप्रत्यक्षीकरणका साथै अत्यन्त जरुरी मुद्दाको मात्रै सुनुवाइ गर्नेछ। गत शनिबार कोरोना टेस्टका लागि सर्वोच्चबाट एक सय ७० जनाको स्वाब लिएको थियो। जसमध्ये ६ जनाको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएकाको सबैको नेगेटिभ देखिएको थियो।

Hardik ivf

अन्यको पनि रिपोर्ट आएपछि एकजना इजलास अधिकृतलाई कोरोना देखिएको थियो। यसअघि सर्वोच्चका दुई कर्मचारीमा पनि कोरोना देखिएको थियो। योसँगै सर्वोच्चमा सक्रमितको संख्या तीन पुगेको र दुईजना निको भइसकेको सूचना अधिकारी ढकालले बताए।

सर्वोच्चका चार न्यायाधीश क्वारेन्टाइनमा

सर्वोच्चका कर्मचारी नै कोरोना संक्रमित भएपछि चार न्यायाधीशहरू सेल्फ क्वारेन्टाइनमा छन्। न्यायाधीश ईश्वर खतिवडाको सवारी चालकलाई कोरोना देखिएपछि
अहिले उनीसहित हरि फुयाल सेल्फ क्वारेन्टाइनमा बसेका छन्।  

उनीसँगै फुयालले इजलास सेयरिङ गरि मुद्दा सुनुवाइ गरेकाले क्वारेन्टाइनमा बसेका हुन्। संक्रमण देखिएका चालक र अर्का सुरक्षाकर्मी निको भइसकेका छन्।

त्यस्तै सर्वोच्चको एक इजलास अधिकृतलाई कोरोना देखिएपछि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा पनि क्वारेन्टाइनमा बसेका छन्। दुवै जनाको इजलाससँगै जोडिएकाले उनीहरू क्वारेन्टाइनमा बसेका हुन्। उनीहरूको इजलास सिल गरिएको छ।

त्यस्तै नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले ६० वर्ष नाघेका न्यायाधीशलाई तत्काल काममा नलागाउन र कम उमेरका न्यायाधीशलाई मात्रै काममा लगाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आग्रह गरेका छन्।

प्रधानन्यायाधीश बालुवाटारमै

प्रधानन्यायाधीश जबराले पछिल्लो समय सर्वोच्च अदालत आउन कम गरेका छन्। पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दाको फैसला गरेपछि उनले आफ्नो इजलास गठन गरेका छैनन्। तर, पेसी भने आफैले तोक्दै आएका छन्।

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित आफ्नो सरकारी निवासबाटै पेसी तोक्दै आएका छन्। उनले कार्यालयमा उपस्थित भएर गर्नुपर्ने काम निवासबाटै गर्दै आएका छन्। उनी कोरोनाको त्रासका कारण सेल्फ क्वारेन्टाइनमै बसेका हुन्।

यस्तै प्रधानन्यायाधीश जबराले दुईवटा मात्रै बेन्च बस्ने गरि इजलास गठन गर्दै आएका छन्। सूचना अधिकारी ढकालले भने, अहिले बढीमा दुईवटा मात्रै इजलास बस्ने गरेको छ। आलोपालो गरेर बेन्च बसिरहेको छ। कुनै मुद्दा कुनै न्यायाधीशले हेर्न नमिल्ने पनि हुन्छ, ती सबै कुरालाई ध्यानमा राखेर प्रधानन्यायाधीशले बेन्च तोक्ने गर्नुहुन्छ।

यसअघि पनि उच्च अदालत जनकपुर, उच्च अदालतको इजलास राजविराज र जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि केही दिनका लागि अदालत बन्द गरिएको थियो।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्