Kathmandu Press

१४ औँ पटक आर्सनलले जित्यो एफए कपको उपाधि

काठमाडौं, साउन १८ : एफ ए कपको उपाधि आर्सनलले जितेको छ।  गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले हराउँदै उप....

१४ औँ पटक आर्सनलले जित्यो एफए कपको उपाधि

काठमाडौं, साउन १८ : एफ ए कपको उपाधि आर्सनलले जितेको छ।  गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे। खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर २८ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको थियो ।  त्यसपछि खेलको ६७ औँ मिनेटमा आबुमियाङले नै ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यो गोल नै निर्णायक बन्यो र आर्सनलले उपाधि चुम्यो ।

यो सँगै आर्सनलले १४ औँ पटक किर्तिमानी एफए कपको उपाधि उचालेको हो। 

प्रकाशित मिति: ०६:५३ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्