Kathmandu Press

कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह 

‘विधिको शासन स्थापित गर्नलाई जन्मिएको पार्टी हो । लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्नको लागि जन्मिएको पार्टी हो । पार्टी नेता कार्यकर्ताले सङ्घर्षको दर्वियानमा दुख गरेर कस्ट सहने परेको खण्डमा ज्यान पनि कुर्बानी गर्नको लागि पछि नहट्ने पार्टीको रूपमा नेपाली कांग्रेस स्थापीत भएको हो ।’ 
कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह 

काठमाडौं, असाेज १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीका नेता तथा कार्यकर्ताले लोकतन्त्रका लागि संघर्षका क्रममा दुःख, कष्ट सहनुका साथै आवश्यक परे ज्यानको बलिदानसमेत गर्न पछि नहटेको बताए ।

उनले भने, ‘विधिको शासन स्थापित गर्नलाई जन्मिएको पार्टी हो । लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्नको लागि जन्मिएको पार्टी हो । पार्टी नेता कार्यकर्ताले सङ्घर्षको दर्वियानमा दुख गरेर कस्ट सहने परेको खण्डमा ज्यान पनि कुर्बानी गर्नको लागि पछि नहट्ने पार्टीको रूपमा नेपाली कांग्रेस स्थापीत भएको हो ।’ 

उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनका लागि संघर्ष गर्दै आएको बताए । २००३ सालमा बीपी कोइराला र गणेशमान सिंहलगायत नेताहरूको पहलमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको र त्यसपछि नेपाली कांग्रेसको निर्माण भएको उनले उल्लेख गरे । 

नेता सिंहले पूर्वनेताहरूले स्थापित गरेको पार्टीको मूल्य, मान्यता र परम्परालाई निरन्तरता दिन नियमित रूपमा महाधिवेशन गर्दै आएको बताए । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ महाधिवेशन आयोजना गरेको उनले बताए । 

उनले कांग्रेसको महाधिवेशनलाई लिएर पार्टी विभाजन गर्न खोजिएको भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई भ्रम फैलाउने प्रयास गरिएको उनले बताए । 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, असोज १५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्