Kathmandu Press

उपाधि विजेता युभेन्टस काग्लियारीसँग पराजित

काठमाडौं, साउन १५ : इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० ले पराजित भएको छ ।

गएराति घरेलु मैदानमा भएक....

उपाधि विजेता युभेन्टस काग्लियारीसँग पराजित

काठमाडौं, साउन १५ : इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० ले पराजित भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लियारीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो।

उसको ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ। युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ।  गएरातिको अन्य खेलमा मिलानले साम्प्दोरिया, लाजियोले ब्रेसिया तथा रोमाले टोरिनोलाई पराजित गरे।
 
प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्