Kathmandu Press

सीपीएल खेल्न सन्दीप बिहीबार वेष्ट इन्डिज जाने

काठमाडौं, साउन १४ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप लामिछाने वेष्ट इन्डिज जाने भएका छन्। 

कोरोना भारइसका कारण हवाई उ....

सीपीएल खेल्न सन्दीप बिहीबार वेष्ट इन्डिज जाने

काठमाडौं, साउन १४ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप लामिछाने वेष्ट इन्डिज जाने भएका छन्। 

कोरोना भारइसका कारण हवाई उडान बन्द भएपछि चार्टर्ड उडानमार्फत सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबागो जान लागेका हुन् । अन्तर्राष्ट्रिड उडान बन्द भएपछि सन्दीपको सीपीएल सहभागिता अन्योलमा परेको थियो।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको पहलमा चार्टर्ड फ्लाइटमा ट्रिनिडाड जाने तय भएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। अगष्ट १८ बाट सुरु हुने सीपीएलका लािग सन्दीप अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जाने छन्। सन्दीप आइबार ट्रिनिडाड पुग्ने शिवाकोटीले बताए।

ट्रिनिडाड पुगेपछि सन्दीप १४ दिन आइसोलेसनमा बस्ने छन् र कोरोना परीक्षणपछि टिमसँग सामेल हुनेछन्। सीपीएल आयोजकले विदेशी खेलाडीहरु ट्रिनिडाड पुगेपछि १४ दिन बस्न र कोरोना परीक्षण अनिवार्य गरेको छ। सोही कारण आयोजकले अगष्ट १ मा आइपुग्न सम्पूर्ण विदेशी खेलाडीहरुलाई भनेको छ।

सन्दीप सीपीएलका लागि जमैका तलैवासमा आबद्ध छन्। उनलाई जमैकाले डेढ करोड रुपैयाँमा अनबुन्धन गरेको हो। यो सन्दीपको सीपीएलमा तेस्रो सहभागिता हो। यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बादोस ट्राइडेन्सबाट सीपीएल खेलेका थिए।

जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तब्रिज साम्सी, आसिफ अली ओसाने थोमसलगायत खेलाडी छन्। सिपिएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुनेछ। सन्दीपको टिम जमैकाको पहिलो खेल अगष्ट १९ मा सेन्ट लुसिया जुक्ससँग खेल्ने छ।
 

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्