Kathmandu Press

म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियनस लिगमा

काठमाडौं, साउन १२ : लिगको अन्तिम दिन जित निकाल्दै म्यान्चेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा युनाइट....

म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियनस लिगमा

काठमाडौं, साउन १२ : लिगको अन्तिम दिन जित निकाल्दै म्यान्चेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दा चेल्सीले पनि वुल्भ्सलाई २–० ले नै हरायो । 

जितपछि समान अंक जोडेका युनाइटेड र चेल्सीको समान ६६ अंक भएको छ । युनाइटेड गोल अन्तरमा माथि रहँदै तेस्रो भयो भने चेल्सीले चौथो स्थानमा चित्त बुझायो । युनाइटेडसँग पराजित भएपछि लेस्टर सिटीले युरोपा लिग खेल्ने छ भने वुल्भ्सले युरोपा लिग छनोटबाट बाहिरियो ।

लेस्टरको मैदान किङ पवार स्टेडियममा भएको खेलमा युनइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र जेसी लिंगार्डले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७१औं मिनेटमा फर्नाडेसल पेनाल्टीमा गोल गर्दै युनइटेडलाई अग्रता दिलाए । 

इन्जुरी सयमको अन्तिम मिनेटमा लेस्टरका किपर कास्पर इस्माइलको गल्तीमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २–०को जित दिलाए । खेलको अन्त्य लेस्टरले १० खेलाडीमा रहेर गर्‍यो । दोस्रो हाफको इन्जुरी सयमा इभान्सले खराब ट्याकलका कारण रातो कार्ड पाए । 

यसैगरी चेल्सीले पहिलो हाफको इन्जुरी समयमा २ गोल गर्दै वुल्भ्सविरद्ध जित निकाल्यो । उसका माउन्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई अग्रत दिलाए । चौथो मिनेटमा जिरुडले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा चेल्सीले २–०को अग्रता लियो । तर, त्यसपछि कुनै गोल नहुँदा चेल्सी विजयी भयो । 
 

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्