Kathmandu Press

लुकाकुको २ गोलमा इन्टर मिलानको सहज जित 

काठमाडौं, साउन ११ : इटालियन सिरी ए फुटवलमा इन्टर मिलानले जिओनालाई ३–० गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्त....

लुकाकुको २ गोलमा इन्टर मिलानको सहज जित 

काठमाडौं, साउन ११ : इटालियन सिरी ए फुटवलमा इन्टर मिलानले जिओनालाई ३–० गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

जिनोआको मैदानमा इन्टरलाई जीत दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे भने एलेक्सिस सान्चेजले एक गोल थपे । जितपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ। एटलान्टालाई एक अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको छ।  

जिओना ३६ अंकका साथमा १७ औँ स्थानमा छ। यस्तै गएराति नै भएको अर्को खेलमा पर्माले ब्रेसियालाई २–१ ले हराएको छ। 

प्रकाशित मिति: ०६:३४ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्