इटालियन सिरी ए : उडिनेससँग युभेन्टस पराजित
काठमाडौं, साउन ९ : इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले ....

काठमाडौं, साउन ९ : इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।
युडिनेजीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले हार व्यहोर्नुपर्यो । गएराति भएको खेलको ४२ औं मिनेटमा युभेन्टसका म्याथिस डी लिग्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा युभेन्टसले दुई गोल खायो। घरेलु मैदानमा उडिनेसका लागि ५२ औं मिनेटमा लिजा नेस्टोरोभ्स्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए।
इज्युरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेसलाई जित दिलाए। यो खेल जितेको भए तीन खेल अगावै युभेन्टसले उपाधि सुनिश्चित गर्ने थियो। शीर्ष स्थानको युभेन्टसको ८० अंक छ ।
दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ भने ७३ अंकसहित इन्टरमिलान तेस्रो स्थानमा रहेको छ ।











