पर्सामा सीसी क्यामराबाट एसइईको निगरानी
पर्सा, चैत १० : तराई–मधेसका जिल्लामा पनि यस वर्षको एसइई मर्यादिन रुपमा संचालन भएको छ । यस वर्ष सीसी क्यामराबाट पनि परीक्षाको निगरानी गरिएको छ।
पर्सा, चैत १० : तराई–मधेसका जिल्लामा पनि यस वर्षको एसइई मर्यादिन रुपमा संचालन भएको छ । यस वर्ष सीसी क्यामराबाट पनि परीक्षाको निगरानी गरिएको छ।
परीक्षा समन्वय समिति, पर्साका अनुसार सात हजार आठ सय ५७ परीक्षार्थी सहागी भएका छन् । प्राविधिकतर्फ एक सय ८२, बैकल्पिकतर्फ तीन सय ५०, कारागारमा १६ जना र बाल सुधार गृहमा चार जनाले परीक्षा दिएका छन्।
परीक्षा केन्द्र बाहिर मोबाईल फोन निशेध गरिएको छ । त्यस्तै, परीक्षा केन्द्रभित्र कापी, किताब ल्याउन रोक लगाइएको छ । सिसि क्यामराबाट समेत परीक्षार्थीको रेखदेख गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
सीसी क्यामराबाट निगरानी गरिएपछि परीक्षा केन्द्रमा अभिभावकको भीड कम भएको छ । वितगका वर्षहरूमा अभिभावकको भीड लाग्ने गरेको थियो।