Kathmandu Press

चेल्सीलाई ५-३ ले हराउँदै लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं, साउन ७ : च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । चेल्सीमाथि ५–३ क....

चेल्सीलाई ५-३ ले हराउँदै लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं, साउन ७ : च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचालेको हो ।

लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड, जर्जिनो विज्नाल्डम, रोबर्टो फिर्मिनो र ओक्स्लेड च्याम्बर्लिनले गोल गरे। त्यस्तै पराजित चेल्सीका लागि ओलिभर जिराउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे।  यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि ट्रफी उचालेको हो।

लिगमा एक खेल बाँकी छँदा लिभरपुलको ९६ अंक भएको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा झरेको छ । यस्तै गएरातीकै खेलमा हिजोको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  

चेल्सी र म्यान्चेस्टर युनाईटेडको समान ६३ अंक भएपनि गोल अन्तरको आधारमा चेल्सी चौथो स्थानमा झरेको हो । लिगको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीसँग खेल्दा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, साउन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्