इपिएल : म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी
काठमाडौं, साउन ७ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् । गएराति भएका खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा ए....

काठमाडौं, साउन ७ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् । गएराति भएका खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा एस्टोन भिल्लाले आर्सनललाई हराएको हो ।
सिटीले वाटफोर्डलाई ४-० ले स्तब्ध बनाएको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एकरएक गोल थपेका थिए । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ ।
यस्तै अर्को खेलमा खेलमा एस्टोन भिल्लाले आर्सनललाई १–० गोलले हरायो । एस्टोन भिल्लाका लागि मोहम्मद हसनले २७ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
प्रकाशित मिति: ०७:३२ बजे, बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











