राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्तीका लागि दरखास्त आव्हान गरिने
काठमाडौं, साउन ६ : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्न पहिलो पटक खुला दरखास्त आव्हान गर्ने भएको छ । सोमबार बसेको नेपाल क....

काठमाडौं, साउन ६ : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्न पहिलो पटक खुला दरखास्त आव्हान गर्ने भएको छ । सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन कमिटीको बैठकले मुख्य प्रशिक्षक नियुक्तीका लागि एक साताभित्र दर्खास्त आव्हान गर्ने निर्णय गरेको हो ।
गत माघमा उमेश पटवालले राजिनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षक बिहीन छ । गत चैतमा क्यानले जिम्बाबेका प्रशिक्षक रहेका भारतीय मुलका लालचन्द राजपुतलाई ल्याउने प्रयास गरेको थियो, अन्तिमसमयमा राजपुतले जिम्बाबेसँग सम्झौता गरेपछि क्यान उनलाई ल्याउन असफल भएको थियो ।
क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर एक साताभित्र मुख्य प्रशिक्षकका दर्खास्त आव्हान गर्ने जनाएको छ । मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय क्यान कार्यसम्पादन कमिटीले गरेको छ ।
यसैगरी शुक्रबार बसेको कार्यसम्पादन कमिटीको बैठकले प्रदेशका लागि पनि ७ जना प्रशिक्षकका लागि दर्खास्ता आव्हान गर्ने निर्णय गरेको छ । यस्तै बैकठले विक्रम न्यौपानेलाई नेपाली टिमको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गरेको छ ।











