Kathmandu Press

रोनाल्डोको २ गोलमा युभेन्ट्सको जित 

काठमाडौं, साउन ६ : क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभ....

रोनाल्डोको २ गोलमा युभेन्ट्सको जित 

काठमाडौं, साउन ६ : क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको हो। युभेन्ट्सको जितमा दुबै गोल रोनाल्डोले गरे । योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ । 

प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्