सर्यो टि–२० विश्वकप
काठमाडौं, साउन ६ : यसैवर्ष अस्ट्रेलियामा आयोजना हुने भनिएको टि–२० विश्वकप कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको छ । अन्तराष्ट्रिय क्रिक....

काठमाडौं, साउन ६ : यसैवर्ष अस्ट्रेलियामा आयोजना हुने भनिएको टि–२० विश्वकप कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले लामो छलफलपछि सोमाबर टि–२० विश्वकप सार्ने निर्णय गरेको हो ।
टि–२० विश्वकप अस्ट्रेलियमा आगमी १८ अक्टोबरदेखि १५ नोभेम्बरमाका लागि तय भएको थियो । अब सन् २०२१मा अस्ट्रेलियामै अक्टोबर–नोभेम्बरमा विश्वकप आयोजना हुने आईसिसीले जनाएको छ । प्रतियोगिताको फाइलन १४ नोभेम्बरमा हुने बताएको छ ।
यस्तै, सन् २०२२मा भारतमा हुने भनिएको टि–२० विश्वकप अक्टोबर–नोभेम्बरमा हुने छ भने फाइलन १३ नोभेम्बरमा हुने छ । यस्तै, एकदिवसीय विश्वकप पनि भारतमै सन् २०२३को अक्टोबर–नोभेम्बरमै हुने छ । फाइलन नोभेम्बरमा हुने बताइएको छ ।











