इपिएल : लेस्टर सिटीमाथि टोटनह्यामको सानदार जित
काठमाडौं, साउन ५ : इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर ....

काठमाडौं, साउन ५ : इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे भने अर्को लेस्टरका जेम्स जस्टिनले आत्मघाती गोल गरेका थिए । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
छैठौं मिनेटमा जस्टिनले आफ्नो पोस्टमा गोल गरेपछि टोटनह्यामले सुरुवाती अग्रता लियो । ३७ र ४०औं मिनेटमा ह्यारी केनले काउन्टरमा गोल गरेपछि पहिलो हाफमै टोटनह्यामले ३–०को अग्रता लियो । दोस्रो हाफमा कुनै गोल नहुँदा टोटनह्याम विजयी भयो ।
टोटनह्यामसँगको हारसँगै ब्रेन्डन रोजर्सको टिम लेस्टरलाई च्याम्पियन्स लिगमा छनोट हुन अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडलाई हराउनै पर्ने भएको छ । खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा लेस्टर ६२ अंक जोड्दै चौथो स्थानमा छ भने एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड पनि ६२ अंककै साथ पाचौं स्थानमा छ ।
दुवै अंक र गोल अन्तर पनि बराबर भएकाले अन्तिम खेलमा युनाइटेडलाई हराउन सके लेस्टरले च्याम्पियन्स लिग खेल्ने छ । जित पछि टोटनह्यामले भने युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
अहिले टोटनह्याम ६२ अंकका साथ छैठौं स्थानमा छ । दुई खेल कम खेलेको वुल्भ्स ५८ अंकका साथ सातौं स्थानमा छ । अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई हराउन सकेन टोटनह्यामको युरोपा लिग पक्का हुने छ ।











