चेल्सी एफ ए कपको फाइनलमा
काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अ....

काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।
चेल्सीको जितमा ओलिभर जिरुड र मासन माउन्टले एक/एक गोलको योगदान गरे ।
युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गरेका थिए भने ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।
चेल्सीले अब उपाधिका लागि आउँदो अगस्ट १ मा हुने फाईनल खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाईनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाईनलमा पुगेको थियो ।
प्रकाशित मिति: ०७:२८ बजे, सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











