गाडीसहित पहिराेमा पुरिएका चालकको मृत्यु
गुल्मी, असार ७ : पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ।
उनको उपचारका क्रमम....

गुल्मी, असार ७ : पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ।
उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
दुर्घटनामा परी घाइते भएका २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्केका छन्।
अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट–३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुरिएको थियो। जीप पहिरोमा पुरिँदा धुर्कोट–३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको छ।











-1792413548.jpeg)