मालपोत अधिकृतसहित ६ कर्मचारी अख्तियारकाे नियन्त्रणमा
काठमाडौं, असार ३ : अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जना....

काठमाडौं, असार ३ : अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग आठ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल, नासु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का तथा खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगको कार्यालय टंगालबाट खटिइएको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट मंगलबार नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो।











